पोखरा हिमाल, ताल, बनजंगल र गुफाको शहर हो। पर्यटकियस्तरदेखि पाँच तारे होटलसम्मको सुबिधा यहाँ पाईन्छ। अनि अनेक रोमाञ्चक खेलकुदको संगम छ पर्यटकिय नगरी पोखरामा। नियमित हुने फुटवल, क्रिकेट, गल्फ प्रतियोगिता र साहसिक प्याराग्लाईडिङ, ¥याफ्टिङ, क्लाम्विङले सुन्दर नगरीको अर्को परिचय खेलकुद नगरी बनेको छ

। राज्य र सरोकारवाला निकायले राष्ट्रिय र अन्तराष्ट्रियस्तरका प्रतियोगिता संचालन गर्न आवश्यक भौत्तिक पूर्वाधारको बिकास र कार्यक्रम गरे पोखरा खेल पर्यटनको गन्तव्यस्थल बन्ने पक्का छ। स्वदेश र बिदेशबाट आएका खेलाडि र दर्शकहरुले यहाँ होटलमा बस्दा, घुमफिर गर्दा र किनमेलमा मनग्ये खर्च गर्ने भएकोले यस क्षेत्रको आर्थिकस्तर उकास्न मद्दत पुग्नेछ। पोखरा खेलप्रेमिहरुको शहर पनि हो।

पोखरालाई अनेक साहसिक खेलहरु छन। प्याराग्लाईडिंग, कायकिंग, अल्टालाईट, रक क्वाईविंग, बन्जिजम्प, हट बेलुन साहसिक खेलहरु हुन। फुटवल, भलिवल, क्रिकेट, गल्फ, टेनिस लगायतका खेलले पनि पोखराको खेलप्रेमिहरुको गन्तव्य बनेको छ।

विश्वभर फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रजस्तै खेलकुद पनि ठप्प बन्न पुगेको थियो। खेलाडी र खेलप्रेमिहरुको बाक्लो उपस्थितिमा खेलिने खेलकुद गतिविधि नहुँदा प्रत्यक्ष मारमा खेलाडिहरु परेका देखिन्थे। पोखराको पर्यटन क्षेत्रलाई समेत खेलकुदका गतिविधि नहुँदा ठुलो असर परेको थियो।
कोरोना कहरको लामो समयपछि पोखरा रंगशालामा भूपू खेलाडी मञ्च नेपालले अन्तराष्ट्र्रिय म्याराथन र टाइगर गु्रप अप पोखरा नेपालले टाईगर कप राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता लगायत अन्य संघसंस्थाबाट खेलकुदका कार्यक्रम भए।

यो प्रतियोगिताले शुन्यमा सिमित खेलकुदलाई केहि हदसम्म उकास्ने काम मात्रै गरेन, पर्यटन क्षेत्रलाई पनि राहत दिने काम गरयो। खेलाडिहरु र खेलप्रेमिहरुको जमघटले रमाईलोसँगै उत्साह र आपसमा सद्भाव बाँड्न समेत सहयोग ग¥यो।
नेपालमा अधिकांश खेलकुद प्रतियोगिताहरु नीजि क्षेत्रको सहयोग र सक्रियतामा हुने गरेका छन। राज्य पक्ष आफैले प्रतियोगिताहरु संचालन गरेर खेलाडि र खेल क्षेत्रलाई राहत दिने गतिविधि नहुँदा नेपालमा खेलाडि र खेलको अबस्था टुहुरो बालबालिकाको जस्तो बनेको छ। त्यसैले राज्यले सकेसम्म सबै खेलकुदका ठुला प्रतियोगिताहरु गरेर खेलाडिहरु बाँच्ने आधारसँगै खेलमार्फत पर्यटकिय गतिविधि उकास्ने काम गर्न जरुरी छ।

खेलकुद प्रतियोगिता हुँदा खेलाडि र दर्शकहरुको चहलपहल वड्ने हुनाले सुस्ताएको बजार पनि चलमलाउने र चम्किने हुनाले अब राज्यले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्य मात्रै होईन आर्थिक गतिविधि उकास्ने माध्यमका रुपमा पनि बुझन जरुरी छ। सरोकारवाला निकायले पनि खेलकुदका गतिविधिलाई सधै सकारात्मक ढंगले सहयोग गरी सहभागिता जनाउन आवश्यक छ।