पोखरा । जापान गोजु रियो कराते डो.मिसन संघ नेपालले सोमबार जुनियर बेल्ड ग्रेडिङ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ४६ जनालाई ब्राउन, ग्रिन र येल्लो वेल्ड वितरण गरिएको थियो।
जापान गोजु रियो कराते डो मिसन सप नेपालका संस्थापक, अन्तराष्ट्रिय स्तरका प्रशिक्षक केवी राना (काजी)ले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै करातेले व्यक्ति नैतिक शिक्षा दिई अनुशासन सिकाउने कम गर्नुसाथै शारिरीक तथा मानसिक स्वस्थ राख्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।
कराते सिक्नु भनेको व्यक्तिगत सुरक्षालाई मजबुद बनाउनु पनि हो। यसको लागि जुनसुकै उमेर समूहले पनि सिक्न सकिन्छ उनले भने।
डेभिस क्लबका अध्यक्ष पुष्प बरालले मोवाइल चलाएर समय खर्च गर्नु भन्दा कराते सिकेर व्यक्तिगत सुरक्षा र शारीरिक तन्दुरुस्तीका फाइदा जनक रहने बताए। उनले यसबाट मानिसमा सद्भाव र सामाजिक व्यक्ति बन्नको लागि टेवा पु¥याउने हुँदा राष्ट्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी गराएका थिए।
त्यसैगरी मानवसेवा आश्रमका अध्यक्ष पिडी सिग्देलले खेलकुदले मानिस एकआपसमा माया ममता बढाइ हरेक जातजाति एवम् धर्मसंस्कृतिको जगेर्ना गर्ने बताउँदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा देशको नाम उच्च राख्ने काम खेलकुदले गर्ने बताएका थिए।
समाजसेवी श्रीराम सुबेदीले स्थानीय ठाउँमा यस किसिमको प्रशिक्षण लिन पाउनु बिशेष अवसर भएको बताएका थिए।
जापान गोजु रियो कराते डो मिसन संघ कास्कीका अध्यक्ष देवराज सुनारको अध्यक्षतामा भएको सो कार्यक्रमको सचिव सन्तोषी सुनारले सञ्चालन गरेकी थिईन् । भने दलित समन्वय समिति पोखरा–२१ का अध्यक्ष बलबहादुर सुनारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।