पर्वत उद्योग वाणिज्य संघको निर्वाचनमा गोपाली अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन्। अधिकारीले १ सय १९ मतको अग्रता सहित विजयी बनेका हुन्।
अधिकारीले १ हजार १६ मत ल्याएका थिए भने उनका निकतम प्रतिद्वन्द्वी शिव शर्माले ८ सय ९७ मत प्राप्त गरेका थिए।
त्यसै गरी महिला सदस्यमा देवी अधिकारीले १ हजार २६ र माया गिरीले ९ सय १७ मत ल्याई विजयी बनेका छन्।
सदस्यहरुमा ठाकुर वि पौडेलले १ हजार ३७, राजकुमार बस्नेतले १ हजार २, रमेश शर्मा लामिछानेले ९ सय ७७, गणेश लामिछानेले ९ सय ७५, कमलबहादुर जिसीले ९ सय ५३, गणेशकुमार श्रेष्ठले ९ सय ४९, कृष्णप्रसाद शर्माले ९ सय २८, नारायणबहादुर केसीले ९ सय ४, प्रदिप तिमिल्सिनाले ९ सय १४, मिनप्रसाद शर्माले ९ सय २६, नारायणप्रसाद पौडेलले ८ सय ९०, कृष्णप्रसाद श्रेष्ठले ९ सय ३४, मानसिंह भण्डारीले ९ सय ५, दिपेन्द्र गिरीले ८ सय ९३, राजन गुरुङले ९ सय २, शेरबहादुर चोचाङ्गीले ९ सय ४, विनोद आचार्यले ८ सय ८३, कमल शर्मा लामिछानेले ८ सय ९३ र कृष्णप्रसाद शर्माले ८ सय ६९ मत ल्याई विजयी बनेका छन्।
शनिबार भएको उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन कुल मत १ हजार ९ सय ९३ मत खसेकोमा ६८ मत बदर भएको थियो। मतगणना आइतबार विहान १ बजेबाट सुरु भएको थियो।









