पर्वतको फलेवास नगरपालिका वडा न. २ थापाठानामा लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपोसार, बाल बिवाह विरुद्धको सचेतनामुलक कार्यक्रम भएको छ ।
पछिल्लो समय सवै परिवार शिक्षित भएतापनी सामाजिक कु–संस्कारको घेरा बाहिर जान नसकोको कुरालाई मध्यनजर गर्दै सामाजिक कु–संस्कारका विरुद्ध यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्यक्रममा महिला हिंसा, मानव बेचविखन, अन्धविश्वास लगायतका कुराहरुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
फलेवास नगपालिकाकी उप–प्रमुख मञ्जु अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै महिलाहरुले हिंसा सहेर बस्ने बानी रहेको कुरालाई मध्यनजर गर्दै महिलाहरुले आफ्ना समस्याहरुलाई बाहिर ल्याउन नसक्दा आफु पछि परेको उनले बताइन् । यस्तै समाजमा रहेका कुसस्कारहरुको पालना गर्दै जाँदा आफ्नो दैनिकीमा असर परेको कुराहरु महिलाहरुले थाहा पाउन नसक्नु आफ्नो कमजोरी भएको दावि गर्दै सवै महिला दिदिबहिनीहरुलाई सचेत हुन आग्रह गरेकी थिइन्।
कार्यक्रममा फलेवास नगरपालिकका शिक्षा प्रमुख कृष्णप्रसाद आचार्य, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विष्णुकुमारी शर्माले महिलाहरुका सम्स्या समाधान र सचेतना कार्यक्रमको बारेमा सहजिकरण गरेका थिए। भने फलेवास नगरपालिकाको आयोजना र वडा कार्यलयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको फलेवास नगरपालिका वडा नं. २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका थिए ।
कार्यक्रममा वडाका प्रतिनिध, समजसेवी, राजनैतिक दलका प्रतिनिधि स्थानिय बुद्धिजीवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । फलेवास नगरपालिका वडा नं. २ का ६० जना महिलाहरुको सहभागितामा भएको कार्यक्रमको स्वागत वडा सदस्य गंगा प्रसाद सुवेदीले गरेका थिए।
वडाअध्यक्ष गंगानारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरीक फलेवासकी शाखा प्रमुख विष्णुकुमारी शर्माले गरेकी थिइन्।








