‘प्रभावकारी प्रहरी सेवाको लागि स्वस्थ प्रहरी अभियान’को मुल नारा लिई प्रहरी कर्मचारीहरुको सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा १ दिने स्वास्थ्य शिविर भएको छ।
प्रहरी कर्मचारीहरूको समय–समयमा स्वास्थ्य परिक्षण गरी स्वास्थ्य सतर्कता र मनोबल बृद्धी गराउन जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित “ब् ल्भध द्यभबत तय ध्बपि” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा स्वास्थ परिक्षण गरिएको थियो।
जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र विपद व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यमा अनवरत खटिने प्रहरी कर्मचारीहरु सामान्य रोगहरू समेत बेवास्ता गरी डिउटीमा तल्लिन रहने साथै हाल सामान्य लागेका रोगले दीर्घकालीन अवस्थामा ठूलो समस्या सृजना गर्न सक्ने भएकाले प्रहरी कर्मचारीहरुकोशारीरिक तथा मानसिक अवस्था चुस्त, दुरुस्त र स्वस्थ राख्न उक्त स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको आवश्यक स्वास्थ्य उपकरण सहितको चिकित्सक समूहद्वारा ज्वोरो, रुघाखोकी, ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल, थाइराइड तथा छाला सम्बन्धी रोगहरू लगायतको परिक्षण गरी उचित सल्लाह तथा औषधी समेतको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सम्पूर्ण प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था दुरुष्त राखी निजहरूको मनोबल उच्च राख्दै गरिएका प्रहरी कार्य तथा प्रहरी सेवाबाट आम जनमानसमा सकारात्मक सेवा प्रवाह हुने बताउँदै गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराले आवश्यक स्वास्थ्य उपकरण सहित स्वास्थ्यकर्मी उपलब्ध गराई शिविर सम्पन्न गर्न गरेको सहकार्य प्रति आभार व्यक्त गरेका थिए।








