पोखरा महानगरपालिका वडा नं. १४ स्थित निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नक्कली सहायक सेनानी पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्ति मुस्ताङ थासाङ गाउपालिका वडा नं. ४ बस्ने वर्ष १८ का तेन्जिङ तो गुरुङ भनि चिनिनिे विपिन लगुन वि.क. रहेका छन्।
उनको साथबाट सहायक सेनानी दर्जाको चिन्ह सहितको पोषाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र, फ्लाइरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ सहित हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै विमानस्थल प्रवेश गरी शंकास्पद हर्कद गरेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गर्ने क्रममा उक्त व्यक्ति नेपाली सेनामा कार्यरत नभएको भेटिएको थियो।
सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीकोमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।