विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्पव्यवसायमापनि परेको व्यवसायीहरुले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानकास्कीको शनिवार पोखराको वेगनासमाआयोजित ११ औं वार्षिक साधारण सभाको अवसरमा वोल्ने व्यवसायीहरुले सो कुरा वताएकाहुन् ।
गतचैत्र ११ गतेदेखि गरिएको लकडाउनले फूलव्यवसायीको रोजीरोटी ठप्प भएको उनीहरुले वताए । उनीहरुले कोरोना कहरका कारण व्यवसायीहरुकाव्यक्तिगत र संस्थागतकार्यक्रममापनि असर परेको बताए । कोरोना कहरमा व्यवसायभन्दाज्यान नै ठूलो भन्ने आशयव्यवसायीले बुझेको उनीहरुले वताए । अव कोरोनाको महामारी घट्दै गएको र वजार पनि सहजभएकोले संस्थागतगतिविधि बढ्दै जाने उनीहरुले वताए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपालपत्रकार महासंघ कास्कीकाकार्यसमिति सदस्यएवं रेडियो सराङकोटका समाचार प्रमुखकमलपौडेल अथकले कोरोनाको कहरले कसैलाई नछोडेको वताए । उनले अव कोरोना प्रति सचेत हुँदै आफ्नो दैनिकीलाई सुचारु गर्नुको विकल्पनभएको जिकिर गरे । नेपालमापूष्पव्यवसायको भविश्य राम्रो रहेको वताउँदै उनले यसले व्यवसायीको आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्ने समेत टिप्पणी गरे ।
फ्यानकास्कीकापूर्व अध्यक्षदयाकुमार द्धाले पुष्पव्यवसायीहरुका समस्या सरकारले सम्वोधन गर्नु पर्ने वताए । लगानी सँगै रोजगार सिर्जना गरेका व्यवसायीलाई सरकारको प्रोत्साहनआवस्यकभएको उनको भनाई छ । पोखरामाफूलको कारोवारको यकिनतथ्याङकनभएपनि करोडौंको कारोवार हुने गरेको उनले जानकारी दिए ।
फ्यानकास्कीकाअध्यक्ष सीतामाया रानाको अध्यक्षतामाभएको कार्यक्रममा सल्लाहकार मोहनप्रसाद शिवाकोटी, उपाध्यक्षदिलवहादुर गुरुङले वोलेका थिए । सो अवसरमा सचिवश्रीराम सुवेदीले सचिवको प्रतिवेदन र कोषाध्यक्षगोविन्द सापकोटाले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतपारित भएको छ ।
साधारण सभाले निकट भविश्यमापोखरामापूष्प मेला गर्ने, व्यवसायीलाई तालिमदिने, र व्यवसायिकअध्ययनअवलोकन भ्रमण गर्ने निर्णय समेत पारित गरेको छ ।
पोखरामाकरिव ४० जनाव्यवसायीहरुले फूल खेतीगर्दै आएका छन् । यो खेतीवाट थुप्रैले प्रत्यक्षतथाअप्रत्यक्ष रोजगारी भएको फ्यानकास्कीले जानकारी दिएको छ ।