मनाङः मनाङ जिल्लाको नासो गाउपालिकामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना गम्भीर घाइते भएका छन्।
लमजुङको वेसीशहरबाट चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक मनाङको नासो गाउपालिका वडा नं. २ को खोत्रोमा शनिबार दिउँसो ३ः३० बजेको समयमा दुर्घटना भएको थियो।
लमजुङको वेसीशहरबाट चामेतर्फ जाँदै गरेको ट्रक मनाङको खोत्रोमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी गराएको छ।
दुर्घटनामा परी मनाङ नासोँ गाउँपालिका वडा नं. ४ का ३५ वर्षीय मनिषा गुरुङ, ३६ वर्षीय लालकासी गुरुङ र ६/७ वर्षका लिउन गुरुङ रहेका छन् । दुर्घटनामा परी पाँचजना गम्भिर घाईते भएका छन् । सो ट्रकमा चालक र सहचालकसहित ८ जना रहेका थिए । घाईतेहरुको लमजुङ जिल्ला अस्पतालमा उपचार भईरहको छ । सो ट्रक सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।

तस्विर साभार: डनन्यूजबाट
तस्विर साभार: डनन्यूजबाट