काठमाडौं, दक्षिण एशियामै पहिलो नम्बरमा खुसी हुने मुुुलुकको सुचीमा नेपाल परेको छ। भने कम खुसी हुनेमा अफगान स्थान परेको छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो ।
शुक्रबार जारी भएको उक्त प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेका छन्।
झण्डै एक दशक अघिदेखि प्रतिवेदन तयार पारिएको मा एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा तयार पारिएको स्रोतले जनाएको छ।