लामो समयदेखि दुवै मृगौलामा समस्या भएका डिलबहादुर सुनारले सहयोगको लागि याचना गरेका छन्।
अन्नपूर्ण गाउपालिका वडा नं. १ नागडाँडा बसोवास गर्दै आएका नन्दबहादुर सुनारका छोरा वर्ष ३६ का डिलबहादुर सुनारको दुवै मृगौला फेल भई काम गर्न छाडेको छ। घरको कमाइ गर्ने छोरो नै सिकिस्त विरामी भएपछि केही समय अगाडि जाँच गर्ने क्रममा मृगौला फेल भएको हस्पिटलले बताएको उनका बुवा नन्दबहादुर सुनारले बताए। “हस्पिटलले मृगौला प्रत्यारोपण गर्नुपर्छ भनेको छ, कमाई गर्ने छोरो नै विरामी छ, दिनप्रतिदिन हातमुख जोर्नको लागि जोहो गर्न पनि गाह्रो छ। कसरी उपचार गर्ने चिन्तै चिन्ताले हामीलाई पनि चितामा पु¥याउला जस्तो छ।” उनले भने।
‘दिनभरी ज्याला मजदुरी गरेर छोराले हामी बुवा आमाको लालन पालन गरेको थियो अहिले उ नै यस्तो अवस्थामा छ, हामी खान नपाएर र छोरा उपचार नपाएर मरिने भै’यो।’– मृगौला पीडितका बुवा भन्छन्।
मृगौला पीडितका भिनाजु आशबहादुर विकले– “सेवा नै धर्म हो” ‘मृगौला प्रत्यारोपण गर्नको लागि धेरै खर्च लाग्ने भएको र पीडित परिवारको अवस्था अत्यन्तै कमजोर एवम् दयनीय भएको हुँदा सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाई दिदीबहिनी, शुभचिन्तक, बुद्धिजिवीहरुले सक्दो सहयोग गरी डिलबहादुरलाई बचाइदिन आग्रह गरेका छन्।’ विरामीको हाल ग्रिनसिटी हस्पिटल काठमाण्डौंमा उपचार भइरहेको छ।
डिलबहादुरलाई सहयोग गर्नकोलागि उनको बुवा नन्दबहादुर सुनारको नाममा रहेको एनएमवी बैकको खाता नं. १२९००९६७२३५०००११ मा आर्थिक सहयोग गर्न सकिनेछ। अन्य जानकारीको लागि ९८०६५२८२३५ (विरामी) र ९८०६५५११९१ (विरामीको बुवा)को नं.मा सम्पर्क गर्न सकिनेछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1034 Viewed

प्रतिक्रिया दिनुहोस्