काठमाडौं । संसदीय दलको बैठक सकिएको केही समय लगतै नेकपा एमाले केन्द्रीय समितिको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको उक्त बैठकमा माधव नेपाल पक्ष सहभागी भएका छैनन् त्यसैगरी संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि आएका छैनन्।
संसदीय दलको बैठकपछि गौतम विरामीका कारण उपचार गन जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका थिए ।