दीपक जैशी (दुर्गाप्रसाद) लाई वि.सं. २०३७ मा एक व्यक्तिको हत्याको आरोपमा पक्राउ गरिएको थियो। अदालतले मानसिक स्वास्थ्य जाँच गरि ल्याउनु भनेको थियो। तर उनलाई जाँच गरेर नलगिएपछि विना सुनुवाई भारतिय जेलमा बस्न उनि बाध्य थिए। उनलाई दम–दम जेलमा राखिएको थियो। अहिले उनी ७० वर्ष भइसकेका छन्।
कलकत्ता उच्च अदालतले ४० बर्षदेखि जेलमा रहेका उनलाई त्यहाँको जेलमा कैदीको रूपमा रिहा गर्न आदेश दिएको थियो। उनलाई पश्चिम बंगालको दार्जिलिंगमा हत्याको मुद्दामा मुद्दा चलिरहेको थियो।
थुनामुक्त भएपछि उनका आफन्त र वकिलले माला लगाएर स्वागत गरेका थिए। उनले कारागारबाट बाहिर आएपछि अहिले कुनै प्रतिक्रिया दिएका छैनन्। कारागारबाट निस्कदा नेपाली गीत “रेशम फिरिरी” गाएका थिए। उनले अब राम्रो गीत बनाउने समेत जानकारी गराए।
दीपक जैशीलाई जैशीको परिवारलाई उनको बारे थाहा थिएन र जब उनी कोलकाता जेलमा रहे तब उनले नेपाल सरकारलाई सम्पर्क गरेका थिए। जैशी जेलमा रहेको खबरको जानकारी लिएर कलकत्ता उच्च न्यायालयका मुख्य न्यायाधीशले एक वकिललाई याचिका दायर गर्न भने। सालको सुरुमा जैशीलाई रिहा गर्नका लागि एउटा याचिका दायर गरिएको थियो।
प्रकाशचन्द्रले दाइ छुटेपछि खुशी लागेको बताए। बुधबार साँझ उच्च अदालतले जैशीलाई प्रकाशको रोहबरमा छाड्न आदेश दिएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार उनी थुनामुक्त भएका हुन् ।