पर्वतः उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेलले पर्वत जिल्लालाई काम गर्ने नेतृत्व टिमको आवश्यक भएको बताएका छन्।
उनले एक औपचारिक कार्यक्रममा बोल्दै ठूला–ठूला कुरा गर्ने होइन भिजन सहितको काम गर्ने नेतृत्व टिम आवश्यक भएको हुँदा पर्वत जिल्लाका उद्योग व्यवसायीहरुले आफ्ना भन्दा पनि राम्रा उम्मेदवार चयन गर्न आग्रह गरेका छन्।
चैत्र ७ गने हुन गइरहेको उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग व्यवसायीहरुको साझा समूहबाट उम्मेद्वारी दिएका उनले आफूले एउटा राम्रो समूह बनाएको र उक्त समूहले ३ महिना भित्र नै बाचा गरिएका कामको सुरुवात गरि पर्वत वासीहरुलाई उद्योगमैत्री बनाउने उद्देश्य लिएर अगाडि बढेको बताएका छन्। “हामीले भिजन सहितका कार्यक्रमहरु छलफल गरि अगाडि बढाएका छौं, कुरा गर्ने धेरै नेतृत्व आए कसले के गरेका छन् पर्वतवासीहरुले राम्रो सँग मुल्याङ्कन गरेका छन्। हामी यो अथवा उ भनेर हामी दोषारोपण गर्दैनौं राम्रो काम गर्ने नेतृत्व आवश्यक भएको पर्वतवासीहरुले बुझिसक्नुभएको छ त्यसैले निर्णय गर्न उहाँहरुको हातमा नै जिम्मेवारी छ,” उनले भने।
एक निष्ठानवान् कर्मशिल, व्यवसायी पौडेलले आफूले जितेमा व्यवसायीहरुको हक, हित र पर्वतमा सम्भावना बोकेका उद्योग तथा पर्यटनलाई मुख्य आधार बनाई योजना हामीले अगाडि बढाएका छौं उनले भने। “चुनावी अभियानमा हामीले केही योजनाहरु ल्याएका छौ जुन ३ महिना भित्रमा नै सम्पन्न हुने योजना हरु छन्। र अन्य योजनाहरु पनि हामी ल्याउका छौं जुन पर्वतेली जनतालाई बोलेर होइन काम गरेर देखाउने योजनामा छौं।”
पर्वत जिल्ला वासीहरुले शिव शर्मा पौडेलले गरेका काम देखेर नै उद्योग व्यवसायीहरुले निर्वाचनमा होमिनको लागि अगाडि सारेको उनले बताए। “आशा छ, सम्पूर्ण पर्वतवासीहरुको माया र सद्भावबाट अबको नेतृत्व पौडेल समूहलाई दिई अत्याधिक बहुमतका साथ विजयी गराउनेमा पूर्ण विश्वस्त छु,” पौडेलले भने।
किसानहरुसँग हातेमालो गर्दै सामाजिक क्षेत्रमा नेतृत्व भूमिका लिएर काम गरेको अनुभव सुनाउदै पौडेले भने “विगत २५ वर्षदेखि निरन्तर शितल डेरी उद्योग सञ्चालन गरि पर्वतका किसानहरुको प्रबद्र्धन गर्दै सारथीको रुपमा काम गरेको सबै पर्वतेलीलाई जानकारी छ, रोटरी क्लब अफ पर्वतको पूर्व अध्यक्ष भई पर्वत जिल्लाका सामजिक क्षेत्रमा उल्लेख कार्य गरेको छु,” उनले भने। घरेलु तथा साना उद्योग महासंघ पर्वतको पूर्व अध्यक्ष समेत रहेका पौडेल हाल केन्द्रीय सदस्य रही सामाजिक काम गरिरहेका छन्। पर्वतको पर्यटन प्रबद्र्धनको संस्थापक अध्यक्ष रहेका पौडेल नेपालकै अग्लो झोलुङ्गे पुल पाइलट प्रोग्राममा निर्माण समितिको अध्यक्ष भई काम समेत गरेका छन्।
लामो समय देखि सामजिक र व्यवसायीक क्षेत्रमा उल्लेख योगदान प¥याएका पौडेलले अबको निर्वाचनमा अनुभव र कामको आधारमा आफू र आफ्नो टिमलाई पर्वतमा उद्योग तथा व्यवसाय सञ्चालन गरेका पर्वतवासी जनताले मत दिई अत्याधिक बहुमतका साथ चुनाव जित्नेमा ढुक्क भएको उनले बताएका छन्।








