मानिस बेरोजगार हुनुका कारण के के हुन सक्दछन् ? देशमा पर्याप्त रोजगारीका अवसर नहुनु, मानिस आफैमा शिक्षा तथा सीप र क्षमताको कमी हुनु आदि आदि । तर संसारकै धनी मुलुक अमेरिकामा एकजना युवतीचाहिं बढी सुन्दर भएकै कारण बेरोजगार हुनु परेको छ ।

एमी कुप्स नामक ती मोडेलले आफ्नो बेरोजगारीको अनौठो कारण बताएकी छिन् । आफूले आफ्नो सुन्दरता र कामुकताकै कारण कुनै जागिर पाउन नसकेको उनको दाबी छ ।

नर्थ क्यारोलिनामा बस्ने एमी कुप्सले पछिल्लो केही वर्षदेखि राम्रो जागिरको खोजी गरिरहेकी छिन् । तर जुनसुकै जागिरका लागि अन्तर्वार्ता दिए पनि उनी छनोट हुन सकेकी छैनन् । उनलाई कुनै पनि क्षेत्रमा जागिर भेटिएको छैन । अहिलेसम्म उनी स्वास्थ्य बीमा, खुद्रा पसलहरु, कार मार्केटिंगलगायतका हरेक क्षेत्रमा जागिर खोज्न गएकी छिन् ।

केही वर्षअघि सम्म एमीले शिक्षिकाको रुपमा जागिर गर्दथिन् । तर जब उनी Onlyfans  मोडेल भएको कुरा थाहा भयो उनको शिक्षिकाको जागिर मात्र गुमेन अरु जागिर पनि उनले पाएकी छैनिन् ।

एमीका अनुसार पछिल्ला केही वर्षदेखि जब उनी जहाँ पनि जागिरका लागि अन्तर्वार्ता दिन जान्छिन् अन्तर्वार्ताकारहरु उनलाई घुरेर हेर्छन् । पुरुषहरु आफ्नो सुन्दरता र हटनेस देखेर नर्भस हुने गरेको उनको जिकिर छ ।

आफ्नो सुन्दरता करिअरका लागि सबैभन्दा ठूलो अड्चन बनेकोमा उनलाई दु:ख छ ।

तर राम्रो जागिर नपाएपछि उनले आफ्नो मोडलिङ करिअरबाट भने राम्रै आम्दानी गरिरहेकी छिन् । Onlyfan Model रिहेकी एमी Only Fans प्लाटर्फममा आफ्ना फोटो तथा भिडियोहरु बिक्री गरेर रकम आर्जन गर्ने गरेकी छिन् । सो प्लाटर्फम खासगरी पोर्न भिडियो तथा फोटोहरुका लागि चर्चित भएको हुँदा एमीको छवि खराब बनेको र बाहिर जागिर पाउन मुस्किल बनेको हो ।

एजेन्सी