केही वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले माल्दिभ्समा छिन् ।

लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले अहिले माल्दिभ्स पुगेर विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।

कोरोना महामारिको समयमा नेपालमा रहेकी बुढाथोकी कोरोना खोप लगाउन उनी भारत पुगेको खबर समेत सार्वजनिक भएको थियो ।

झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १७ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

 

उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । केही समयअगाडि नै उनले मुम्बईको एक समुन्द्री तटबाट कालो विकिनीमा खिचिएका केही तस्विरहरू सार्वजनिक गरेकी थिइन् ।

 

माल्दिभ्सको एक समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीका तस्वीरहरू सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरहरूमा उनी कालो र रातो विकिनीमा देखिएकी छिन् ।

 

चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।