बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छिन् ।

उनै, नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी छिन् । सेतो रंगको पहिरनमा मुम्बई सडकमा क्यामेराको अगाडि क्लिक भएकी नोराको बोल्ड अवतारले सामाजिक संजालमा हंगामा नै मच्चाएको छ ।

नोराको नयाँ गेटअपलाई उनका फ्यानहरुले रुचाएका छन् । नोरा समय–समयमा आफ्नो नृत्यका कारण पनि दर्शकको मन जित्न सफल छिन् । क्यानाडामा जन्मिएकी नोराले तेलुगु चलचित्र ‘टेम्पर’मा आइटम नृत्य गरेपछि चर्चा कमाएकी थिइन् । यस्तै, उनले चलचित्र ‘किक २’मा समेत काम गरेकी छिन् ।

नोरा सन् २०१५ मा ‘बीग बोस ९’मा सहभागी भएकी थिइन् । यस्तै, उनले ‘झलक दिखलाजा’ नामक रियालिटी शोमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले ‘दिलबर दिलबर’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनको चर्चा झनै चुलियो ।