कोरोनाको तेस्रो लहर शुरु भईसकेको छ । अस्पतालहरु कोरोना संक्रमितले भरीभराउ बन्दै गइरहेका छन् । सर्वसाधरणमा कसरी ज्यान जोगाउने हो र संक्रमित भईहालेमा कसरी उपचार खर्च जुटाउने होला भनेर गहिरो चिन्तामा डुवेका छन् । कोरोनाको उपचार गर्दा लाखौं रुपयाँ सक्दा पनि ज्यान बचाउन नसकेको र उठिवास भएका घटनाहरुले सर्वसाधरणमा त्राहि त्राहि मच्चिएको छ । अस्पतालमा धरौटी, औषधि, उपचार शुल्क, चिकित्सक शुल्क, प्रयोगशाला परीक्षण अनेक नाममा बिरामीसँग लाखौं रुपयाँ असुल्ने गरिएको छ । तर अनुगमनको जिम्मेवारी लिएका राज्यका निकाय देखेको नदेखे जस्तै गरी निकम्मा बनेको छ ।
गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन मानिसका आधारभूत आवश्यकता हुन् । यस विना वाँच्न मुस्किल पर्ने हुनाले विश्वले यी आवश्यकतालाई मौलिक हकको रुपमा मानेको छ । स्वास्थ्य अर्थात उपचारलाई नेपालको संविधानले पनि मौलिक हकको रुपमा लिएको छ । यद्यपि स्वास्थ्य सेवा अधिकांश नेपालीको पहुच वाहिर छ । जतिपनि सेवा छ अधिकांश राजधानी र शहर केन्द्रित छ । विरामी भयो कि ग्रामिण भेगका जनता ऋणधन गरेर उपचारका लागि शहर झर्नुपर्ने बाध्यता छ ।
सरकारले दुर्गम क्षेत्रका वासिन्दालाई सजिलै स्वास्थ्य सेवा दिने वारेमा गम्भिरता देखाएको छैन । दुर्गममा भएका अस्पतालहरुमा पनि भौतिक पूर्वाधार, उपकरण र दक्ष जनशक्ति छैनन् । दरवन्दी भएपनि डाक्टरहरु छैनन् । सरकारी कोटामा पढाई पुरा गरेका डाक्टरहरु पनि दुर्गममा जान मान्दैनन् । शहरमा वसेर रकम कमाउने परिपाटिको विकास भएकोले अहिले स्वास्थ्य क्षेत्र नेपालमा व्यापारिकरण भएको छ । चिकित्सा शिक्षादेखि पेशासम्म कमाउने धन्धा वनेको छ । जसले गर्दा विरामीको ज्यान वचाउने पवित्र स्वास्थ्य क्षेत्र अहिले सवैभन्दा ठुलो व्यापारिक कारखाना वनेको छ । जहाँ सिधासादा, गरिव जनताको पहुच नै छैन भन्दा पनि हुन्छ । व्यथाले थलिएर उपचारको लागि सरकारी अस्पताल पुग्दा शहरमा स्वास्थ्य सेवाको नाममा विरामी लुटन क्लिनिक खोलेर वसेका नाम चलेका प्रायःजसो डाक्टर नै भेटिदैनन् । क्लिनिकमा जाँदा पनि दशतिर धाउने चिकित्सकलाई विरामीको कुरा सुन्ने फुर्सद नै हुदैन । अलिकति हुने खाने, सिधा सादा देख्यो कि खसी वजारमा खसीको मोलतोल गरेजसरी शल्यक्रिया र अरु सेवाको वारेमा मोलतोल गर्दछन् ।
बर्षायाममा उम्रेका च्याउजस्ता निजी अस्पताल र क्लिनिकमा गयो, कमिसनको लोभमा गरिने अनेक प्रयोगशाला परीक्षण, औषधीको सिफारिस, चिरफार र अन्य शुल्कले भैसी, वाख्रा वेचेर रकमले पुग्ने कुरै भएन । नाक, कान, गलामा भएका गहनाले पनि उपचार खर्च थेग्न सक्दैन । विरामीलाई व्यथाले भन्दा पनि उपचार खर्च कसरी जुटाउने भन्ने पिरलोले वढि तडपाउँछ । विरामीको जीउधनमाथि चरम शोषण गरेर शहरमा गगनचुम्वि अस्पताल, महल ठडाएर, चिप्ला कारमा हुईकिन पुगेकाहरु यो देशमा वड्दै गईरहेका छन । विरामीहरु वेस्सरी विजोगमा पर्दा समेत यहाँका डाक्टरहरुले कहिल्यै एक शव्द वोल्दैनन् । सरकारी अस्पताललाई स्रोत साधन सम्पन वनाऊ । सरकारी अस्पतालको तलव खाएर निजी अस्पताल चहार्दै हिड्नेहरुलाई कार्वाही गर । पेशागत आचारसंहिताको पालना गरौं । विरामीको जीउधनमाथि खेलवाड नगरौं भनेर आन्दोलन गर्ने कहिले हो ? आफुलाई भगवानको दोस्रो रुप भन्न पछि नहटनेहरुले विरामीको हक, हित र सुरक्षाको लागि आवाज उठाउने कहिले हो ?
पेशागत हक, हितको लागि आवाज उठाउनुपर्छ, । तर सेवा नै ठप्प पारेर विरामीलाई मारेर सुधारखोज्नु भनेको मूर्खता हो । आन्दोलन र विरोधका कार्यक्रम गर्दा विरामी कतिपनि मर्कामा पर्न हुदैन । सरकारले जायज मागहरु पुरागर्नेतर्फ ध्यान दिनुपर्छ । स्वास्थ्यमा व्याप्त विकृति र विसंगतिलाई रोक्नु सरकारकै दायित्व हो । यसवाट कदापी पन्छिन मिल्दैन ।
विरामीको उपचारमा प्रत्येक सेकेण्ड कति महत्वपूर्ण हुन्छ । एक मिनेट ढिलो भएमा ज्यान जान सक्छ ।
यस्तो गम्भिर स्वास्थ्य सेवामा पनि चिकित्सकहरुले विरामीको जीवनमाथि खेलवाड गर्नु निन्दनिय छ ।







