• गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
  • २०८३ साउन २३ गते शनिवार
  • ePaper
  • विज्ञापन
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
ताजा अपडेट
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
1 month अगाडि
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
1 month अगाडि
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
4 months अगाडि
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
4 months अगाडि
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
4 months अगाडि
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
4 months अगाडि
ग्लोबल कलेजियटमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
4 months अगाडि
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
4 months अगाडि
कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक
4 months अगाडि
चर्चित
TRENDING
पोखरा पर्वत शेरबहादुर देउवा पोखरा भलिबल प्रशिक्षण केन्द्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मुगु बस दुर्घटना श्री चण्डीडाँडा मा.वि. सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस वर्तमान सन्दर्भमा झनै सान्दर्भिक

बाघपाइला न्युज
  • ख-
  • ख
  • ख+
पोखरा
प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रनायक विश्वेश्वरप्रसाद कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको वर्तमानमा सान्दर्भिकताबारे परिचर्चा गरिएको छ ।
संस्थाका वर्तमान कार्यसमितिका सचिव डा. विष्णुप्रसाद शर्माले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र वर्तमानमा यसको सान्दर्भिकता” विषयक विचारपत्र प्रस्तुत गर्दै निर्वासनमा रहेका बीपी कोइरालाले २०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर राजासँग वार्ता गरी राष्ट्रलाई थप सङ्कटबाट जोगाउन आफ्नो ज्यानको बाजी राख्दै गणेशमान सिंह, शैलजा आचार्यलगायत नेतासहित स्वदेश फर्किएको ऐतिहासिक प्रसङ्ग स्मरण गराए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेपालको राष्ट्रियतामाथि खतरा आइपर्ने अवस्था महसुस गरी कोइरालाले संवाद, एकता, सहकार्य, सहिष्णुता र क्षमाशीलताका आधारमा दिगो शान्ति, स्थिरतालगायत राष्ट्रभित्रका समस्याहरू समाधान गर्न सकिने मान्यता अघि सारेको तथ्य शर्माले स्पष्ट पारे । बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र आर्थिक विकासको अवधारणा आजका सन्दर्भमा झनै सान्दर्भिक रहेको उल्लेख गर्दै शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार न्यूनीकरण गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको स्वाभिमान उच्च राख्न, विभिन्न आन्दोलनका नाममा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न, सामाजिक सद्भाव कायम गराउन, नागरिक, दल र सरकारबिच देखिएको अविश्वासको दूरी घटाउन तथा दीर्घकालीन राष्ट्रिय नीति निर्माण र कार्यान्वयनका लागि राष्ट्रिय एकता तथा मेलमिलापको नीति अपरिहार्य रहेको बताए ।
विचारपत्रमाथि टिप्पणी गर्दै प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य डा. कमलराज सापकोटाले विचारपत्रले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सैद्धान्तिक र व्यावहारिक पक्षलाई स्पष्ट रूपमा उजागर गरेको बताए । वर्तमानमा देखिएको राष्ट्रियताको सवाल, दलहरूबिचको ध्रुवीकरण र सामाजिक समस्यालाई राष्ट्रिय एकता र मेलमिलापका आधारमा समाधान गर्न सकिनेमा उनले जोड दिए । राष्ट्रिय एकता व्यक्ति वा दलगत स्वार्थका लागि नभई राष्ट्रको बृहत्तर हितका लागि हुनुपर्ने कोइरालाको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली काँग्रेस कास्कीका जिल्ला सभापति किशोरदत्त बरालले सुशासन र विकासका लागि प्रजातान्त्रिक बिचार समाज जस्तो बौद्धिक सङ्गठनले प्रजातान्त्रिक पार्टीलाई समेत निरन्तर विचार, विमर्श छलफल र मार्गनिर्देश गर्नुपर्ने आवश्यकता रहेको बताए । नेतृत्वप्रति नागरिकको विश्वास र नागरिकका आवाजप्रति नेतृत्वको संवेदनशीलता अपरिहार्य रहेको उनले उल्लेख गरे । यसैगरी विशेष आमन्त्रित व्यक्तित्व प्रजातान्त्रिक विचार समाजका केन्द्रीय महासचिव डा. बासुदेव भण्डारीले बीपी कोइरालालाई नेपाली राजनीति र साहित्यका शीर्ष व्यक्तित्वका रूपमा स्मरण गर्दै आर्थिक विकासबिना लोकतन्त्र सुदृढ हुन नसक्ने कोइरालाको मान्यतालाई आज सबैले आत्मसात गर्नुपर्ने बताए ।
बौद्धिक वर्ग र राज्यबिच समन्वयको अभावले विभिन्न समस्या उत्पन्न भए पनि ती समस्या वार्ता र संवादमार्फत समाधान गर्न सकिनेमा उनले जोड दिए ।
कार्यक्रममा डा. वीरबहादुर कार्की, धर्मप्रसाद अधिकारी, सूर्यभक्त सिग्देल, बाबुराम आचार्य, राम शर्मा पौडेल, डा. भानुभक्त आचार्य, डा. लक्ष्मीशरण अधिकारी, सुरज पौडेल, वसन्त चालिसेलगायतले राज्य र राजनीतिक दलहरू नागरिकप्रति उत्तरदायी र बफादार हुनुपर्ने धारणा व्यक्त गरे । उनीहरूले राजनीतिमा निष्ठा, इमान्दारिता, सहिष्णुता र नैतिकताको आवश्यकता औँल्याउँदै व्यक्तिभन्दा माथि दल र दलभन्दा माथि राष्ट्रको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
कार्यसमितिका सहसचिव हिममाया पौडेलबाट सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष पदमबन्धु पोखरेलले राखेका थिए । कार्यक्रमको अध्यक्षता कार्यसमितिका अध्यक्ष शिशुकला पराजुलीले गर्नुभएको उक्त कार्यक्रममा करिब ८० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
प्रवास
अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त
अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र
बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने
एनआरएनएको निर्वाचन स्थगित
मनोरञ्जन
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
गुहार गुहार भन्दै आए केशब घिमिरे
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने
©2021 baghpailanews | Developed By EgSoftTech