काठमाडौं । लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यावसायिक यात्राको तीन वर्ष सफलतापूर्वक पूरा गरी पौष १७ गतेबाट चौथो वर्षमा प्रवेश गरेको छ।
कम्पनीले यस उपलब्धिको अवसरमा आफूलाई यो अवस्थासम्म ल्याइपु¥याउन अमूल्य योगदान दिने शेयरधनी, सञ्चालक, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार जगत, ग्राहक, अभिकर्ता, व्यवस्थापन, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक सम्मान र धन्यवाद व्यक्त गरेको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले लघु जीवन बीमाका लक्षित वर्गमा बीमाको सचेतना अभिवृद्धि गर्ने तथा समुदायसँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ ।

सामाजिक कार्यक्रम अन्तर्गत काठमाडौंस्थित मानव सेवा आश्रम, रानीवनका २ सय १६ जनालाई भोजन तथा फलफूल वितरण, कोशी प्रदेशको बूढिगंगा नगरपालिका–२ स्थित मधुग्राम देवता आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण, पोखरा उपमहानगरपालिका–१० स्थित कुडाहार आधारभूत विद्यालयका विद्यार्थीलाई जुत्ता–मोजा वितरण गरिएको छ ।
त्यसैगरी, नवलपरासी (गैंडाकोट–३) स्थित बालविकास केन्द्रका बालबालिकालाई न्यानो लुगा, पर्वतको कुश्मा नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ५ सम्मका दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री, लमजुङको सुन्दरबजार नगरपालिकाका न्यून आयवर्गका कृषकलाई बिउबिजन वितरण गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, नेपालगञ्जस्थित छत्रवास अनाथाश्रमका बालबालिकालाई न्यानो लुगा, सुर्खेतस्थित मानव सेवा आश्रमका ज्येष्ठ नागरिकलाई भोजन तथा धनगढी र कञ्चनपुरका दुई आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
कम्पनीले आगामी दिनमा लघु जीवन बीमा सेवालाई थप विस्तार गर्दै, समयानुकूल प्रविधिको प्रयोगमार्फत सरल, सुलभ र ग्राहकमैत्री सेवा प्रदान गरी व्यवसाय विस्तार गर्ने तथा ग्राहक र लगानीकर्ताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।









