मुम्बई : कोरोनाको महामारीको कारण बलिउड अभिनेता रणवीर कपुर तथा अभिनेत्री आलिया भट्टको बिहे रोकिएको छ । २०२० मा धुमधामसँग बिहे गर्ने उनीहरुको सपना कोरोना महामारीसँगै रोकिएको हो । रणवीरका बुबा ऋषी कपुर घरमा बुहारी भित्र्याउन चाहन्थे । रणवीरले पनि सार्वजनिक रूपमा नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकारेका छन्। साथै कपुर र भट्ट परिवारको मिलन पनि देख्न लायक नै थियो ।

रणवीरका अनुसार कोरोना भाइरसको महामारी नआएको भए अहिलेसम्म दुवैको विवाह भइसक्थ्यो। रणवीर भन्छन्, ‘यदि महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई अभागी भन्न चाहन्नँ। म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु।’

एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘मेरी प्रेमिका आलिया ओभर एचिभर हुन्। उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन्। उनको अघि म आफूलाई अन्डर एचिभर महसुस गर्छु।’

रणवीरले सन् २०२० आफ्नो लागि निकै कठिन भएको बताएका छन्। उनले यो वर्ष आफ्ना पिता ऋषि कपुरलाई गुमाएका थिए। उनका पिताको गत ३० अप्रिलमा निधन भएको थियो।