काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता योगेश भट्टराईले फेरि एमालेकै नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन।

पछिल्लो समय सत्तारुढ गठबन्धनभित्र एमसीसी, लगायतका मुद्धामा विवाद रहँदा मन्त्रिपरिषद् नै विस्तार हुन सकिरहेको छैन।

नेता भट्टराईले चुनावी सरकार गठनको आधार बनिरहेको भन्दै एमालेको नेतृत्वमा छिट्टै चुनावी सरकार गठन हुने दाबी गरेका छन।

कास्कीमा आज भएको कार्यक्रममा नेता भट्टराईले गठबन्धनभित्रै एकता कायम हुन नसकेको र यसले एमाले नेतृत्वमा चुनावी सरकार बन्ने आधार बनिरहेको उनको दाबी छ।।

उनले कांग्रेस नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताए।

गठनको ६५ दिन भइसक्दा पनि सरकारले गन्तब्य पत्ता लगाउन नसकेको बताए।

नेता भट्टराईले माधवकुमार नेपालसहितका नेताहरू एमालेमै फर्कने दाबी पनि गरे।

एमसीसी पास गर्न सत्तागठबन्धनमा माअ‍ोवादी केन्द्र र माधव नेपाल बाधक बनिरहेको बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता अ‍ोलीसँग भेटघाट जारी राखेका छन। सत्तामा रहँदा पास गर्नुपर्ने अडानमा रहेका ओली हाल भने यसबारे मौन देखिएका छन। उनले यो बिषयमा आफू स्थिर रहने बताएका छन।

-फाइल फोटो