१५ फागुन, पोखरा ।
नेवा पत्रकार पुचः कास्कीले मंगलबार नेवाः छे मा आधारभूत समाचार लेखन तालिम गरेको छ।
पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा भएको तालिममा करिब ४० जना प्रशिक्षाथीहरुले सहभागिता जनाएका थिए ।
उनिहरुलाई पत्रकार एवम् तालिम प्रशिक्षक दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ र सन्जय मल्लले प्रशिक्षण गराएका थिए ।
तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे ।
कार्यकममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः आदि स्थापना गरेको बताए । उनले नेवाः भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए ।
त्यसैगरी नेवाः पत्रकार पुचःका अध्यक्ष अनिशा श्रेष्ठले आफ्नो कार्यकाल सुरु भएबाट समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमा अनुभव पनि बटुलेको बताईन । उनले तालिमको आयोजना भन्दापनि त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताएकी थिइन् । साथै उनले नेवाः पत्रकारहरुलाई दक्ष र सबल बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेवाः ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनित जोजिजु, नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्य, फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, मिस नेवाः ११३८ का विजेता प्रीती बुद्धाचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासचिव सुशील श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष अनिशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहभागीहरुलाई प्रमाण पत्र र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको पुचःका कोषाध्यक्ष योञ्जन श्रेष्ठले जानकारी गराए ।