बलिउड अभिनेता सलमान खान आइतबारदेखि ५५ वर्ष लाग्दैछन् ।

उनले परिवारसँगै जन्मदिन मनाउने बलिउडहंगामाले जनाएको छ । उनी अंग्रेजी नयाँवर्षदेखि अन्तिम टाइटलको फिल्म छायांकनमा व्यस्त हुनेछन् । महेश मंजिरकारले निर्देशन गर्ने उक्त फिल्मको सेटमै सलमानको बर्थडे सेलिव्रेसन योजना भैरहेको छ ।

‘मैन प्यार किया’ अभिनेता कुनैबेला बलिउडमा ‘ब्याड ब्वाइ’ विशेषणले चिनिन्थे । तर, पछिल्लो समय उनी प्रशंसकबाट भाइजान नामले परिचित छन् । उनी सामाजिक संस्था बेइङ ह्युमनबाट समेत समाजसेवामा सक्रिय छन् ।

भारतमा चलेको कोरोना लकडाउनको समयमा अभिनेताले २५ हजार फिल्म मजदुरलाई आर्थिक सहयोग गरेका थिए । सलमानको बर्थडे अवसरमा शनिबार बेलुका नेपाली फ्यानहरुले बर्थडे सेलिव्रेसन तयारी गरेका छन् ।

विङ्ङ ह्युमन क्लोथिङ्ग नेपाले बलिउड नायक एवंम सामाजिक कार्यमा संलग्न सलमान खानको जन्मदिनको अवसरमा पुष १२ गते आइतबार दरबारमार्गस्थित किङ्स् लाउन्जमा बेलुका साढे ६ बजेदेखि ३ घन्टा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।