बाघपाइला ब्यूरो, श्रावण २ । पोखरा महानगरपालिकाले एउटा सूचना जारी ग¥यो कोभिड–१९ विरुद्ध जोन्सन एण्ड जोन्सन खोप अभियान २०७८÷०७९ भनी अधिकांश सरसफाई कर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरु, शिक्षक, विद्यालय र विश्वविद्यालय कर्मचारी, औषधि व्यवसायी, ५५ वर्ष भन्दा माथिका छुटेका नागरिकलाई ५ वटा केन्द्रमा श्रावण १ गते शुक्रबार खोप लगाइने भनियो।
पोखरा स्वास्थ्य महाशाखाको सूचना अनुसार जोन्सन एण्ड जोन्सन एक डोज खोप लगाए पुग्ने भन्दै सबै खुसी थिए। तर महानगरपालिकाको सूचना विपरित अधिकांश खोप केन्द्रमा भने भेरोसेल खोप लगाईयो।
भेरोसेल खोप किन लगाईयो भनेर खोप केन्द्रका प्रमुखसँग जानकारी लिंदा हामीले खोप लगाउने हो। जुन खोप आएको हो त्यो नै लगाउने हो यस बारेमा अनभिज्ञ रहेको जानकारी गराए। आखिर आम नागरिक खोपबाट बञ्चित नहुन भन्ने हाम्रो चाहना हो तर सूचना एउटा दिनु र खोप अर्कै लगाइनुको तात्पर्य आम नागरिकले जान्नु उनिहरुको मौलिक अधिकार हो।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलसँग यस विषयमा सोध्न खोज्दा “मैले खल्तीमा बोकेर हिड्ने हो र सम्पूर्ण जानकारी दिनलाई” भन्दै ठाडो जवाफ दिए।
हामीले उनलाई नम्र तरिकाले प्रश्न गर्दा तपाईको शैलि अलि सुहाएन कि भन्दा उनि झर्कदै हिडे। एउटा मिडियाले प्रश्न गर्दा उत्तर दिन नसक्ने र महानगरपालिकाको स्वास्थ्य महाशाखाको प्रमुख भएर मिडिया, स्वास्थ्यकर्मी र आम मानिससँगको व्यवहारले आम मानिसमा थुप्रै प्रश्न उब्जेका छन्। थाहा नभएको विषयमा जानकारी छैन भनेर नम्र तरिकाले भन्न सकिन्छ। यस विषयमा हामीले भन्नुपर्ने होइन होला।
उनि न कसैको प्रश्नको उत्तर दिन तयार देखिन्थे न कसैको गुनासो सुन्न। करिब २ घण्टा लाइनमा खोपको आसमा पोखरा वडा नं. ८ शहरी स्वास्थ्य केन्द्रमा बसेका व्यक्तिहरुलाई खोप सकियो अव घर जानुस् भन्दै बाहिरिए। यो घटना सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र वडा नं. ८ पोखरामा दिउसो ४ बजे को हो। बाघपाइला टिम १ दिन अगाडि विहिबार पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा पोखरामा खोप केन्द्रमा भएका लापरवाहीलाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा हेमन्त पौडेलको कक्षमा गुनासो राख्न पुगेको थियो। भित्र छिर्न नपाउँदै उनले सभ्य भएर बस्न भन्दै मोवाइल नचलाउन भने। तर हामी करिब ३० मिनेट उनिसँग कुरा गर्न बस्यौ तर उनि मोवाइलमा नै व्यस्त भए । हाम्रा गुनासा केही राख्ने प्रयास मात्र भयो तर उपलब्धि मूलक देखिएन। उनि भन्छन् पोखराका एउटा मिडियाले ४५ जना सिडियोको सिफारिस लिएर सञ्चारकर्मी र कर्मचारी हुन् भने भन्दै आए। कुन मिडियाले ४५ जना सञ्चारकर्मी र कर्मचारी देखाएर कि मिडियालाई थाहा होला कि यस विषयमा उनैलाई। तर मिडिया खुलाउन चाहेनन्। हामी बसेको ३० मिनेट जति समयमा गण्डकी प्रदेशका सासद विन्दुकुमार थापाको आगमन भएपछि हामी त्यहाँबाट निस्कियौं।
आम सञ्चारमाध्यम तथा सर्बसाधरणसँग कसरी बोल्ने र कस्तो ब्यबाहर गर्नु पर्छ भन्ने सामान्य ज्ञानसम्म नभएका ब्यक्ति स्वास्थ्य महाशाखाको हाकिम छन । यस्ता व्यक्तिबाट आम जनमानसले केनै अपेक्षा गर्न सकिन्छ ।
कोभिड खोप विषयमा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले नेपाल सरकार र अमेरिकन दुुतावासको समझदारीमा खोप लगाउने भनिएको जोन्सन एण्ड जोन्सन खोप कास्कीमा उपलब्ध भएपनि सरकारी संयन्त्र अनुसार खोप नलगाउनु भन्ने आदेश आएकोले जोन्सन खोपलाई सञ्चालन गर्न नसकिएको प्रमुख आचार्य बताउछन्। स्टकमा छ केही दिनपछि आदेश अनुसार सञ्चालनमा हुन्छ। हामीले लक्षित सबै नागरिकलाई खोप लगाउने भनि अन्य जिल्लाका खोप समेत माग गरि सञ्चालन गरेका छौं। कास्कीमा ३६ हजार खोप आएपनि हामीले ंंंंंंंंकरिब ४५ हजार खोप कास्कीमा भित्र्याएका थियौ। पोखरामा मात्रै करिब ३७ हजार खोप लगाएका छौं उनले भने।
पोखरामा माग गरिएको ३६ हजार खोप २ दिन अगाडि नै सकिएको र विहिबार थप खोप ५ हजार ८ सय काठमाण्डौंबाट ल्याएको पनि खपत भएपछि कास्की जिल्लाका अन्य कम खपत भएका जिल्लाबाट थप ३ हजार खोप सापट स्वरुप माग गरि शुक्रबारको कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
पोखरामा हामीसँग भेरोसेल खोप स्टकमा नरहेको कारण पोखरामा शनिबार लगाइने भनि राखिएको कार्यक्रम स्थगित गर्न बाध्य भएको प्रमुख आचार्यले बाघपाइलालाई बताए।
करिब ४ लाख भन्दा बढी जनसंख्या भएको पोखरा महानगरपालिकामा स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलको व्यवहारले अहिले पोखराको स्वास्थ्य व्यवस्था प्रति आशंका पैदा भएको छ।
यो घटना सामान्य देखिएपनि यसले आम नागरिकको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने अहिले पोखरा खोप केन्द्रको वेथितिले प्रष्ट पारेको छ।
खोप लगाउन घण्टौ लाइन बसेर खोप नपाएका लक्षित समूह र आफूले चिनेको भरमा विना लाइन खोप पाएका समूह देख्दा पोखराको स्वास्थ्य मापदण्ड र व्यवस्थापन कति बलियो रहेछ भन्ने स्पष्ट देखिएको छ।
विहानै आएर खोप लगाउन नपाएकी सलिना कार्की भन्छिन् आफ्ना आफन्त र पहँचवालाको मात्रै खोप पाए। राजनैतिक पार्टीका कार्यकर्ताले लाइनमा नै नराखी खोप लगाउँदा आफू विहान ९ बजे आएर अन्त्यमा खोप नलाइ गएको उनले दुखेसो पोखिन्।
पोखरा–८ मा रहेको खोप केन्द्रमा पत्रकार विनु थापा विहिबार दिनभर रिपोर्टिङमा बसिन् उनलाई भिडियो पुगेन, अब गए हुन्न भनेर केही राजनीतिक दलका कार्यकर्ता र महानगरका कर्मचारीले भनेको गुनासो पोखेकि थिइन्। उनले सामाजिक सञ्जालमा “खोपमा पहुँच” भनि लेखेकिछन्।
कुरो असार ३० र ३१ को खोप अभियानको हो । स्वास्थ्य मापदण्डको कुरै नगरौ, कोरोना संक्रमित संख्या वढ्ने भिढभाड थियो । पोखराका धेरै जसो खोप केन्द्रमा पहुँजवालाहरु सिधै खोप लगाउदै गएको र घण्टौं पखाईमा बस्नेहरुको पालो नआएको सर्वसाधारणहरुको गुनासो थियो । जसमध्य शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पोखरा ८ खोप केन्द्रमा पुगिइयो । कुरा वास्तविक रहेछ ! थोरै भिडियो लिन के भ्याएकी थिए । न्युजको लागि भिडियो पुगेन ? केही जनप्रतिनिधिको प्रश्न थियो, पुगेको छैन जवाफ दिए । केही समयपछि पुनः पत्रकार दिनभरी बस्न पाउदैन भन्ने कुरा राखे, तर्क गरिइयोे, त्यसपछि भिडियो लिन सुरु गरे, उनीहरु खोप व्यवस्थापनमा भन्दापनि आफुखुसी कार्ड बनाउदै आफन्त छिराउन व्यस्त थिए । काम राम्रो होइन कुरा राखे भिडियो लिए, पछि आफन्त छिराउन सकेनन् । यसैवीच नेतृत्व तहमा रहनुभएको पत्रकार पुग्नुभयो लाग्यो, समाचार संकलनमा आउनुभयो होला, तर संस्थाको पदाधिकारीहरुका कार्ड बनाएर व्यागमा राखी केही समय हराउनु भो, पछि कार्डवाला सहित उहाँको उपस्थित भइ खोप लगाएर जानु भो । केही जनप्रतिनिधि, सरकारी कर्मचारी, पत्रकारहरुका आफन्तहरुलाई खोप नपुगुञ्जेल तोकेको समय अवधी भन्दा १ घण्टा ढिला गरी खोप दिएको थियो । जव आसेपासे सकिए, तव संबन्धित व्यक्तिले खोप छ, भन्दा भन्दै खोप सकियो भनिदिए । विहान ९ वजेदेखिको घण्टौ पखाई पछि, नागरिकहरु घर फर्कन वाध्य भए । यदि त्यो अवस्थामा उनीहरु पुगेको भए, ढुङ्गा, मुढा पक्कै हुन्थ्यो । सम्बन्धीत निकायले पहुँज प्रविधिको अत्य गरी नागरीकहरुलाई सहजताका साथ खोप दिइयोस् ।
पोखरा वडा नं. १२ मा करिब २ चोटि खोपको नाम टिपाएर खोप सकियो भन्दै पठाएका ६६ वर्षिय नर बहादुर खड्का (गोपाल दाई) ले हाम्रा लागी खोप रहेनछ, बलिया र पहुँच भएकोलाई हो भन्दै घर गएका थिए। शुक्रबार दाई खोप लगाउनुभयो भन्दा “म त खोप लगाउदिन मन भरियो हिजो दिनभर खोपको लाइनमा बसे २ चोटि नाम टिपाए। अन्तिममा खोप सकियो भनेर घर गए अब लगाउन्न” उनले भने। अनि सराङकोट पत्रिकाका यदुनाथ बञ्जारा र बाघपाइला पत्रिकाका पदम श्रेष्ठले आफ्नो स्वास्थ्यका लागि पनि लगाउनुपर्छ भनेपछि बल्ल उनि सकरात्मक देखिएका थिए। पोखरा वडा नं. ७ को कार्यालयमा पानीमा भिज्दै मोटरसाइकलको पछाडि राखेर लगियो र गोपालदाईलाई खोप लगाइयो। वडा नं. १० को खोप लगाउने क्रममा देखिएका घटनाले वितृष्णा धेरैलाई लागेको थियो। पोखरा वडा नं. ८ मा पोखरा महानगरपालिका एक कर्मचारीले हातै समाएर खोप कार्ड बनाए किन दाई लाइन बस्नुपर्दैन भन्दा उनले हिजो खोप लगाएको कार्ड बनाउन नपाएर आज बनाएको भन्दै गमिलो अनुहार पारे। पोखरा वडा नं. ६ मा करिब ८० खोप नै गायब भयो भन्दै आम नागरिकले अनुगमन गर्न र सत्य तथ्य पत्ता लगाइदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। यि एउटा पात्र मात्र हुन् खोप लगाउदा लापरवाही र वेथिति भनेर भन्न सकिने अबस्था बन्न सकेन पोखराको। जसको शक्ति उसको भक्ति जस्तो बन्न पुग्यो कोभिड विरुद्धको खोप लगाउनु । लगाएकाले पनि महाभारतको युद्ध नै जितेजस्तो ।
पोखरा महानगरपालिकामा शुक्रबार ५५ वर्ष भन्दा माथिका नागरिक, सरसफाई, टोली लगायत केही स्वास्थ्यकर्मीले पोखरा–८ को खोपकेन्द्रबाट बञ्चित भए। पहिलो मात्रामा ४२० डोज खोप आएपछि पुन थप खोप माग गरेको खोप केन्द्र प्रमुखले जानकारी गराएका थिए। थप खोप पनि सकिएपछि खोप आउने आश्वासन दिइएको थियो तर करिब २ घण्टा सम्म पनि खोप नआएपछि लक्षित समूहले गुनासा पोखेका थिए।
खोप केन्द्रमा जनप्रतिनिधि र कर्मचारीको लापरवाहीले लक्षित समूहले खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ। आगामी दिनमा यस्ता समस्याको समाधान गर्नको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सम्बन्धित क्षेत्रमा कडा निगरानी राख्नुपर्ने देखिएको छ भने अहिले सम्म खोप लगाएका नागरिक लक्षित समूहका हुन या होइनन् भन्ने विषयमा गहन तरिकाले अनुसन्धान गर्र्नुपर्ने देखिएको छ।