एकहप्ता अगाडी दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काले केही तस्विरहरु सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक गरेकी छिन् ।

काठमाडौको गोकणेश्वरमा रहेको ग्राण्ड नोरलिङ् रिसोर्टमा कैद गरिएका नवदम्पतीका तस्विरहरु उनले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।

मंसिर २२ गते सोमबारको दिन काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनको विवाह भएको हो ।

श्रीकृष्णसँग वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामो समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकी थिइन् ।

हेरौं तस्विरहरु

सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् ।


उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्। पढाई सकेर ब्यवसाय सुरु गर्ने योजनामा रहेका छन् विजयेन्द्र ।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।

बिवाह पछि स्वेताले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेकी छन्, ‘अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ ।

श्वेताले अहिले आफ्नो विबाहपछि नयाँ जीवन सुरु गरेकी छिन् । सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी छन् ।