फागुन शुक्ल अष्टमी देखि पूर्णिमा सम्म परस्परमा रङ, अबिर आपसमा दल्ने र नाच्ने, गाउने वा प्रीतिभोज गरी रमाइलो उत्सव होली हो। त्यस अवसरमा गीत पनि गाउने चलन छ। यसलाई फागु भनिन्छ। यस वर्षको फागु पर्व छेमासको कारणले फागुनमा नपरि चैत्र १५ गते आज परेको छ। पञ्चा· अनुसार आजकै दिन पूर्णिमा व्रत, फागु पूर्णिमा उल्लेख गरिएको छ। फागुन शुक्ल अष्टमी देखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अविर दलेर आनन्द साथ मनाइने उत्सव, फागु होली, फागुनको अवसरमा गाइने गीत वा त्यसको लय होली हो। फागुन शुक्ल पूर्णिमाका दिन दहन गरिने चिर, होली फागु होलिका हो।
यो पर्व रोग, राग र शत्रुता त्यागेर मित्रताको गाँठो बलियो बनाएर एक अवसरमा रमाइलो गरी मनाउने पर्वको रुपमा यस चाडलाई मनाइन्छ। फागुन शुक्ल पूर्णिमाका दिन राक्षस हिरण्यकश्यपुको बहिनी होलीकाको चीर दाह गरी अविर र रङको फागु फगुवा वा होली खेल्ने गरिन्छ। उपत्यकामा विना रङको पानी बेलुनमा भरेर विशेष गरेर युवाहरुले युवतीहरुलाई बेलुनका लोलाले हिर्काउने उच्छि«ङ्खल परम्परा पनि छ। कश्यप ऋषिका दनु नामको पत्नीबाट जन्मेका सन्तान राक्षस, असुर, दैत्य, दानव हुन्। यिनीहरुलाई राक्षस पनि भनिन्छ। दानवहरुका गुरु शुक्राचार्य हुन्। कश्यप प्रजापतिका छोरा पुराण प्रसिद्ध दैत्यराज हिरण्यक शिपु हुन्। दिरण्यास हिरण्यकशिपुको दाजु हो। होलीका भनेको यी दुई राक्षसहरुको वैनी हो।
हिमाल, पहाड र तराईमा यो पर्व भिन्नभिन्नै प्रकारले मनाइन्छ। हिमालमा जनघनत्व अत्यन्त कम हुने हुनाले यो सत्रमा यो पर्व प्रचलन छ। गाडीमा चढेर अविर घसाघस गरेर रमाइलो गरी नगर परिक्रमा गर्ने प्रचलन छ। हिरण्यकशिपु हिरण्यास राक्षस र होलीका राक्षसको मूर्ति बनाएर गाडीमा राखी अविर धेरै थरीका रङ अनुहारमा दलेर शहर घुम्ने प्रचलन छ। देवताहरुले राक्षस उपर विजय गरेको उत्सवको रुपमा यो चाड मनाइन्छ। यो पर्वको बढी विशेषता तराईमा छ। तराईमा नागरिक नाम झामका साथ यो पर्व मनाउँछन्।
रमाइलो गर्ने क्रममा युवा÷युवतीले यो पर्वमा विकृति पनि गर्दछन्। फोहोर पानीले छ्याप्ने। रङ् दल्दा नाक, कानमा समेत पार्ने गरी दल्ने जसले गर्दा स्वास्थ्यमा असर पारेका उदाहरणहरु पनि छन्। चीर भनेको कपडा हो। आजै काठमाडौंको वसन्तपुरमा लि·ो गाडेर रंगिन कपडाको धजा। तिनै धजाहरु टाँगिएको लि·ो जलाउने काम चीर हराज हो। यो कार्य रातमा हुन्छ। कृष्णले गोपिनीहरुको वस्त्र लुकाइदिएको प्रस· भएको एक प्रसिद्ध लिला, कपडा हरण गर्ने काम चीरहरण हो। नेपालको अल्प संख्यक सभ्या जाति थकालीहरुको तोरन्त पर्व वाणले तारो हाल्ने पर्व पनि आजै परेको छ। यो पर्वमा पटका पड्काउने पिचकरीले एक अर्कालाई रंगिन फोहोरो पानीले छेप्ने नराम्रो परम्परा पनि हो। अरुको शरीरमा विभिन्न प्रकारका रङ दल्ने, फोहोर रङ्गीन पानीले सहमति बेगर छेपेर कडप बनाएर रमाइलो गर्ने यो पर्वको नकारात्मक पक्ष हो। आ–आफ्नो समूहमा एक आपसमा फागु खेलेर रमाइलो गर्नु राम्रो पक्ष हो अनिच्क्षामा जबरजस्ती गर्नु यो पर्व विपरितको क्रियाकलाप हो। नकारात्मक पक्षलाई त्यागेर सकारात्मक रुपले मनाउनु यो पर्वको विशेषता हो। शुभम्।