जेठ २५, पोखरा ।
नेपाल पत्रकार महासङ्घ गण्डकीद्वारा २ दिने मल्टिमिडिया रिपोर्टिङ तालिम आजबाट सुरू भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पण्डेले पानसमा द्विप वालेर तालिमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले अक्षरस लागु हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले इनड्राइड र पठाओ जस्ता राइड सेयरिङलाई नियमन गर्न गण्डकी प्रदेशले खोज्दा केन्द्र सरकारले हस्तक्षेप गरेपनि कानुन अनुसार काम गरिएको हुँदा केही समयमा नै अक्षरस लागु हुने बताउँदै केन्द्रको पत्राचार अनुसार स्थगित भएको बताए ।
त्यसैगरी पोखरामा रहको फेवातालको मापदण्ड अनुसार किल्ला गाड्न सुरु गरिएको र अन्तिम विन्दु सम्ममा पूर्णता दिने अठोट व्यक्त गरेका थिए ।
त्यसैगरी मुख्यमन्त्री पाण्डेले प्रेस जगतलाई नया प्रविधि सगै लैजान क्षमता अभिवृद्धिका लागी गण्डकी प्रदेशले सहयोग गर्दै आएको र थप परिस्कृत सहित निरन्तरता दिने जानकारी गराए । उनले अल्झिएर रहेको आम सञ्चार विधेयकलाई प्रदेशमा ल्याउन सफल भएको र प्रेस रजिष्ट्रार कार्यालयले पुर्ण रूपमा काम गर्ने जानकारी गराएका थिए ।
उनले पछिल्लो समय गण्डकी प्रदेशलाई जनमैत्री बनाउन थप सल्लाह र सुझावको आवश्यकता रहेको धारणा राख्दै जनतामा सकरात्मक भावना सृजना गर्न पत्रकारितामार्फत कलम चलाउन आवश्यक रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मिडिया क्षेत्र दिनप्रतिदिन जोखिममा रहेकोले जोगाउन तिनै तहको उल्लेख्य भूमिकाको आवश्यक रहेको बताएका थिए । उनले प्रेस रजिष्टार गण्डकीको स्थापनाले सञ्चारकर्मीको खुसीको क्षण रहेको बताउँदै ऐन अनुसार वजेट विनियोजन गरिदिन मुख्यमन्त्री समक्ष माग गरेका थिए ।
पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश पौडेलले स्वागतका साथै कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले डिजिटल प्रविधि सँगै एआई प्रविधि भित्रीनुले पत्रकारलाई थप सिकाईको आवश्यक रहेको बताएका थिए । उनले प्रविधि र पत्रकारिता दिनानुदिन परिवर्तन हुँदै गएकोले प्रशिक्षणको आवश्यकता बढ्दै गएको हुँदा प्रदेशले गर्ने तालिमलाई जिल्ला स्तरमा अझ व्यवस्थित सहित लैजानुपर्नेमा जोड दिएका थिए ।
प्रदेश महासचिव जमुना वर्षा शर्माले सञ्चालन गरेको कार्यक्रम प्रशिक्षक शिव पुरीले प्रशिक्षण दिएका थिए भने अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको सहयोगमा २ दिने मल्टिमिडिया रिपोर्टिङ तालिम होटल दिपसागर पोखरामा भइरहेको छ भने ११ वटै जिल्लाका ३ जनाका दरले पत्रकारहरु सहभागी रहेका छन् ।