वैशाख २८, पोखरा ।
प्रजातान्त्रिक विचार समाज कास्कीको शनिबार भएको दशौं अधिवेशनबाट सर्वसम्मत रूपमा शिशुकला पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
समाजको उपाध्यक्षमा डा. नारायण सिंह गुरुङ र सचिवमा डा. विष्णुप्रसाद शर्मा तथा सहसचिवमा हिममाया पौडेल र कोषाध्यक्षमा पदमबन्धु पोखरेल चयन भएका हुन् । यसैगरी समाजको सदस्यमा प्रा. डा. यमबहादुर पौडेल क्षत्री, ई. सुरेन्द्र पाण्डे, शान्ता भुसाल, डा. गणेश शर्मा, डा. प्रेमराज पंगेनी अधिवक्ता गीताकुमारी लामिछाने, गोविन्द रेग्मी, विश्वराज अधिकारी र रमेश थापा रहेका छन् ।
उद्घाटन सत्रमा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रजातान्त्रिक विचार समाजले जनतालाई सुसूचित गराउने कार्यमा निरन्तर लागेकोमा यसको प्रशंसा गरे । कार्यक्रममा मुख्य वक्ता प्रा. डा. विपिन अधिकारीले समसामयिक सन्दर्भमा सरकार, जनता र राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारे ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले भ्रष्टाचारको न्यूनीकरण र सुशासनको सम्बर्धन विषयमा विचारपत्र प्रस्तुत गरेका थिए । विचारपत्रमाथि प्रजातान्त्रिक विचार समाज गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले टिप्पणी गरेका थिए । कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका निवर्तमान केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसी, वर्तमान केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले तथा केन्द्रीय सदस्य कमलामोहन वाग्ले केन्द्रीय महासचिव डा. बासुदेव भण्डारीले पनि कार्यक्रम र समसामयिक विषयका सन्दर्भमा आआफ्नो धारणा राखरेका थिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा. वीरबहादुर केसीले सबैको साथ र सहयोगको परिणामस्वरूप विचार समाजले रचनात्मक, सिर्जनात्मक र सचेतनामूलक कार्य गर्न सफल भएको बताए । यसअघि सचिव भीम न्यौपानेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बाबु पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतबाट पारित भएको थियो।
संस्थाका पूर्व अध्यक्ष प्राध्यापक पदमशरण रेग्मी र प्राध्यापक विष्णु पराजुली तथा सहजकर्ता डाक्टर वासुदेव भण्डारीले निर्वाचनको भुमिका निर्वाह गरेका थिए । संस्थाले आफ्नो स्थापनाकाल २०५२ देखि नै नागरिक, समाज र राज्यका लागि प्रजातान्त्रिक विचार प्रवाह गर्दै आएको छ।