वैशाख १९, पोखरा ।
कास्की आदर्श समाज कतारको भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल उद्देश्यका साथ सन २००२मा स्थापित समाजले नयाँ वर्षको अवसर पारेर उक्त कार्यक्रम गरेको हो ।
पोखरा टे«ड महलमा रहेको क्लासिक चुलो रेष्टुरेण्ट एण्ड ब्याङ्क्युट हलमा आज (शुक्रबार) भएको कार्यक्रममा श्री केदारेश्वर महादेव मणि सेवाश्रम समितिका पीठाधिस स्वामी चिद्घन चैतन्य डा.लेखनाथ आचार्यले दिल प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै पिठाधिस डा.आचार्यले युवाहरुलाई विदेशमा पठाउन भन्दा देशमा नै रोजगारीको सृजना गर्न सकेमा नागरिक र देशको विकास सम्भव हुने धारणा राखेका थिए। उनले देशमा नेतृत्व गर्ने नेताहरुले रोजगारीको सृजनाका लागि अहम भूमिका निर्वाह गर्न नितिगत र व्यवहारिक काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो परिवार छाडेर विदेशिनु दुःख रहेको उल्लेख गरे ।
“कसैलाई पनि विदेशिनु रहर नभएर बाध्यता बन्न पुगेको छ, गाउँ, शहर खाली हुँदै जानु देशको नै दुर्भाग्य भएको ठान्दछु, युवाहरुको उर्वर समयलाई विदेशी भुमिमा श्रम गरेर पसीना बनाउनु देशको लागी सुखद नभएको सबैलाई जानकार नै छ, राज्यका नियमन निकायमा रहेकाहरुले सोच्ने र गर्ने बेला आएको छ ।” उनले भने ।
त्यसैगरी पीठाधिस डा.आचार्यले आध्यत्म विना व्यक्ति, समाज र राष्ट्र विकास असम्भव भएको बताउँदै आध्यत्मलाई साथमा राखेर अगाडि बढेमा नेपाल र नेपालीको मौलीकता बच्नुका साथै राज्यको समेत विकासमा टेवा पुग्ने उल्लेख गरेका थिए।
समाजका अध्यक्ष अगन्धर देवकोटा (अग्नी)ले समाजको स्थापना कालदेखि गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनुका साथै समाजलाई विभिन्न क्षेत्रबाट सहयोग गरेका सहयोगीहरुलाई उक्त कार्यक्रममा मायाको चिनो, सम्मान पत्र, दोसल्ला र खादाले सम्मान गरिएको जानकारी गराए ।
अध्यक्ष देवकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ नयाँ कार्यक्रमहरुको लागि सल्लाह दिन अनुरोध गरेका थिए ।
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष सन्तोष तिमिल्सिनाले जन्मथलो कास्की रही विविध कारण कर्मथलोको रुपमा कतारमा रहेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले विभिन्न सामाजिक कामहरु गर्दै आएको र अभिलेखको लागि भित्तेपात्रो, स्मारिका, बुलेटिनहरु प्रकाशन गरेको जानकारी गराए ।
उनले चकको माध्यमबाट सुचना प्रवाह गर्दै २३ वर्ष अगाडि स्थापना भएको समाजले विश्वभर करिब २३ वटा अन्तराष्ट्रिय संस्थाको सुरुवातको श्रेय पाएको भनाई रहेको थियो ।
त्यसैगरी गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल वि.क.(अजय)ले गण्डकी प्रदेश अन्तरगत रहेको कास्की जिल्लाले उल्लेख्य कार्य गर्दै आइरहेको बताएका थिए । उनले समाज स्थापनाको मूल उद्देश्य मर्मअनुसार काम गर्नुका साथै आकस्मिक गरिने सामाजिक कार्यले समाजको शिर उचो भएको अनुभुति प्राप्त गरेको उल्लेख गरेका थिए ।
रुपेश भण्डारीको नेतृत्वमा लाइभ प्रस्तुतीका साथ विभिन्न कलाकारहरुले नृत्य एवम् सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिव वानिया, कास्की आदर्श समाज कतारका सल्लाहकार अमिर श्रेष्ठ, उपाध्यक्ष कृष्ण भण्डारी, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, रुकु देवकोटा, माया भण्डारी, नारायणी थापा, गंगाधर पराजुली, रोशन देवकोटालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो भने एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका सञ्चालक पदम श्रेष्ठ र डिजाइनर जीवन श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा संरक्षक आश बहादुर गुरुङ, सांस्कृतिक ंसंयोजक चोलेन्द्र पौडेल, संस्थापक अध्यक्ष बलराम सापकोटा, संस्थापक सदस्य खिम बहादुर कार्की, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, अन्नपूर्ण गाउपालिका वडा नं. २ का जनप्रतिनिधि पिताम्बर भण्डारी, नेपाल टे«ड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालिमाया रेग्मी शर्मालगायतले आफ्नो धारणा राखेका थिए।
अगन्धर देवकोटा (अग्नी)को अध्यक्षता भएको कार्यक्रम नारायणी थापा भण्डारीले सञ्चालन, भित्तेपात्रो प्रकाशन समिति सदस्य राजन रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए। भने नविन पौडेलको संयोकत्वमा भएको थियो ।