फागुन २५, पोखरा ।
नेपाल किसान माहामसंघको शनिबार नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा पदस्थापना भएको छ ।
नेपाली कांग्रेसका गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला ‘मधु’ले वीपीको फोटोमा माल्यार्पण गरी पदस्थापना कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रवक्ता बाँस्तोलाले किसानहरुका हक र अधिकार रक्षाका लागि वीपीले आफ्नो पहिलो कार्ययोजना बनाएर काम गरेको स्मरण गर्दै देशको समृद्धिका लागि कृषि क्रान्ति नै आजको मुल आवश्यकता रहेको उल्लेख गरेका थिए ।


किसान महासंघ पार्टीको भातृसस्था भएकोले पार्टी र संगठनलाई मजबुद बनाइराख्न जिम्मेवारीमा रहेका र आफू रहेको क्षेत्रमा मजबुद बनाउन किसान महासंघ लाग्ने अपेक्षा लिएको बताए । उनले निर्वाचित साथीहरुले महत्वपूर्ण जिम्मेवारी लिएको किसानका हक, हित र समस्या पहिचान गरी समाधानको लागि विशेष टेवा पुग्नेमा आफू आशावादी रहेको व्यक्त गरे ।
किसानले आफ्नो परिश्रमको उचित मुल्य नपाउनु, सरकारले यथोचित व्यवस्था नगर्नु, अन्न उत्पादन नभए कोहि बाच्न नसक्ने थाहा हुँदा हुँदै कर्ममा कोही नलाग्ने परिवेशले पछिल्लो समय कृषिमा विकिरण पैदा भएको बताउँदै, किसानको विमा, अनुदान, सहयोग, यथोचित बजार व्यवस्थापन नहुँदा खेत बाझो रहेको हुँदा जबसम्म किसानलाई राज्यले उचित व्यवस्थापन गर्दैन तवसम्म यो समस्याले ठूलो रुप लिने जानकारी गराए ।
नेपालको प्रमुख आय भनेको कृषि र किसान भएको हुँदा गुरुयोजना सहित काम गर्नुपर्ने देखिएको बताए । उनले किसानको मुल समस्या नबुझ्ने व्यक्तिको नेतृत्व नहुँनु, बजारमा सबै अन्न किनेर खाने, खेती कस्तो हुन्छ थाहा नहुने अनि किसानको नेता बन्ने प्रबृतिले पनि किसानका मुल समस्या ओझेलमा परेको प्रवक्ता बाँस्तोलाले उल्लेख गरेका थिए ।
त्यसैगरी बास्तोलाले भातृ तथा सुभेच्छुक संस्था क्रियाशील एवं बलियो भएमात्रै पार्टी र संगठन बलियो हुने भन्दै संगठन मजबुद बनाउन पार्टीले आवश्यक सहयोग गर्ने बताए ।
केन्द्रीय सदस्य नम्रता बरालले कृषि कर्ममा भर पर्ने व्यवसाय भएको हुँदा इमान्दारीतापूर्वक काम गर्न सकेमा उल्लेख्य मुनाफा लिन सकिने भनाई राखेकी थिइन् ।
नेपाल किसान महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष पुण्डरी प्रसाद बरालले गण्डकी प्रदेश मातहतका ७२ वटै स्थानमा किसान महासंघको निर्वाचन सकेको बताउँदै गर्दा पार्टीले सहयोग नगर्नु दुःखद रहेको व्यक्त गरेका थिए ।
उनले भने ‘निर्वाचनमा कुनै सहयोग नभएपनि, जिल्लाले प्रशिक्षण कार्यक्रमहरु गर्दा हामीलाई जानकारी गराउँदैन किन ? अनि कसरी किसानका समस्या केन्द्र सम्म पु¥याउने, अबका दिनहरुमा हामीलाई पनि सहभागी गराइयोस् ।’
उनले किसानका गुनासाहरु नेतृत्वमा रहेका र अग्रजहरुले सम्वोधन गर्न नसकेका कामहरुलाई आफ्नो कार्यकालमा वार्षिक कार्य तालिका बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टी र विधानको नीतिमा रहेर काम गर्ने बताउँदै उनले कृषि विज्ञको साथी आफ्नो टिममा रहेको हुँदा काम गर्न समेत सहज हुने अपेक्षा राखेका थिए ।
आफू कृषक रहेको र विहान देखि वेलुका सम्म कृषि पेशासँग रमाउने बताउँदै उनले किसानको हक हितका लागी आवाज बुलन्द पार्न महत्वपूर्ण भुमिका निर्माण गर्ने बताउँदै पार्टीले समेत सहयोगको अपेक्षा राखेका थिए ।
निर्वाचन संयोजक अधिवक्ता यामप्रसाद पौडेलले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गराएका थिए । निर्वाचन सदस्यहरुमा अधिवक्ता सरिता तिमिल्सिन पंगेनी र दीपक सापकोटा रहेका थिए ।
कार्यक्रममा बोल्दै संयोजक पौडेलले किसान जिवनको आधार र जीवन जिउने स्रोत भएको हुँदा कृषिलाई आधुनिक कृषि सँग जोडेर उत्पादनमा बढाउन राज्यले विशेष चासो दिनुपर्ने देखिएको भनाइ रहेको थियो ।
निर्वाचन सदस्य दिपक सापकोटाले सफल केही किसानले अहिले पनि मासिक लाखौं कमाएको उदाहरण दिँदै २०, ३० हजार कमाउन विदेशिनु नपर्ने उनको भनाइ रहेको थियो ।
निर्वाचन सदस्य दिपक सापकोटाले सञ्चालन गरेको उक्त पदस्थापना कार्यक्रम संयोजक अधिवक्ता यामप्रसाद पौडेलको सभापतित्वमा भएको थियो ।

यही फागुन ७ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पुण्डरी प्रसाद बरालको सहित सर्वसम्मत निर्वाचित भएका थिए । उपाध्यक्षमा लेखनाथ पराजुली, रमाकुमारी पंगेनी, सचिवमा लिलाप्रसाद पंगेनी, सहसचिवमा फणिन्द्रराज ढकाल रहेका छन् भने सदस्यहरुमा आनन्द प्रसाद अर्याल, लक्ष्मी थापा, रविना विक, चिरन्जीवी बराल, लेखनाथ ढकाल, उमाकान्त बराल, विश्व प्रकाश बराल, अजय गुरुङ, आकाश अधिकारी, धर्मराज बस्ताकोटी, टंकप्रसाद अधिकारी, कृष्णप्रसाद आचार्य, हरिमाया पौडेल, पशुपति शर्मा, मेघराज अधिकारी, कृष्णमणी लामिछाने, शिव गौतम, दुर्गाप्रसाद पौडेल, बालकृष्ण भण्डारी र अनिता भण्डारी रहेका छन् ।