स्याङ्जा

श्री चण्डीडाँडा माध्यमिक विद्यालय स्याङ्जाको ६६ औ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका वार्ड नम्बर १ मा रहेको श्री चण्डीडाँडा माविले शैक्षिक प्रदर्शनी सांस्कृतिक कार्यक्रम, नाटक सहित विभिन्न प्रतियोगिता गरी कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति तथा प्रदेश सभा सदस्य सुधिर पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक बन्धुराज पौडेलले गर्नुभएको थियो। उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। यसैगरी विद्यालयका शिक्षक नारायण प्रसाद पोखरेलले विद्यालयको आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।


उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि सुधिर पौडेलले विद्यालयको चौतर्फी विकासका निमित्त आफूले जुनसुकै बेला पनि हातेमालो गर्न तयार रहेको बताउनुभएको थियो। यसरी नै कार्यक्रमका विशिष्ट अतिथि फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले यस विद्यालयमा र समग्र गाउँपालिकाकै शिक्षा क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सचिव हरिराज पोख्रेल, गाउँपालिका का शिक्षा शाखा प्रमुख नवीन थापा, वडा नम्बर १ का अध्यक्ष अमृत क्षेत्री, पोखरा महानगरपालिका वार्ड नम्बर २१ का वडा अध्यक्ष दीपक सुवेदी, युवा उद्यमी अर्जुन अर्जुन पोख्रेल लगायत अन्य विशिष्ट व्यक्तिहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो।


वार्षिक उत्सवकोअवसरमा विद्यालयले विभिन्न विधामा शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावक लगायतलाई सम्मान गरेको थियो। विद्यालयको शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत शिक्षक सुगम पौडेललाई उत्कृष्ट शिक्षक घोषणा गरिएको थियो भने शिक्षक सीता जानकी लामिछानेलाई दीर्घ सेवा बाट सम्मानित गरिएको थियो। यसैगरी विद्यालयका कार्यालय सहयोगी चन्द्रगिरीलाई आफ्नो कम बिदा उपभोग गरेबापत सम्मान गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।


विद्यालय औपचारिक रूपमा विसं २०१५ सालमा स्थापना भएको र हाल १२ कक्षासम्म पठनपाठन सञ्चालन गर्दैआएको र आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, समाजसेवी, अक्षय कोषदाता, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, शिक्षा प्रेमी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थित भएको थियो।