माघ ४, पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको अध्यक्षमा विनुकुमारी थापा निर्वाचित भएकी छन् ।
तमु धि नेपालको सभाहलमा माघ ४ गते शुक्रबार (आज) भएको सातौं अधिवेशनबाट थापा निर्विरोध चयन भएकी हुन् । उनी पोखरा टेलिभिजनमा कार्यरत रहेकी छिन् ।
थापाको अध्यक्षतामा सुशिल कुमार श्रेष्ठ उपाध्यक्ष, देविका तामाङ सचिवमा, प्राश्ना मानन्धर सहसचिव र वश बहादुर शेर्पा (वसन्त) कोषाध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा विनिता राना (सोनु), अल्चना श्रेष्ठ, वर्षा गुरुङ र हुमबहादुर गुरुङ रहेका छन् ।
अधिवक्ता जुनाकुमारी गुरुङको संयोजकमा भएको निर्वाचन सदस्यहरुमा अधिवक्ता मनोज घर्तिमगर र फोनिज गण्डकी प्रदेश महासचिव धनबहादुर गुरुङ (सुमन) रहेका थिए ।