पुस १७, पाेखरा।
संस्कृत युवा मञ्चको सातौं वार्षिक साधरणसभा बुधबार एक कार्यक्रमका विच सम्पन्न भएकाे छ ।
कार्यक्रमका विच सेतिगण्डकी साप्ताहिक दिव्य महाआरती स्थल पोखरा -९ शान्तिघाटमा नवनिर्मित ट्रस्ट पोखरा महानगरपालिका वडा नं – ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरेका हुन्।
पोखरा महानगरपालिक वडा नं ९ को आर्थिक सहयोग र स्थानिय तथा मञ्चको जनसहभागितामा ट्रष्ट निर्माण भएकाे हाे।
वडाध्यक्ष दिपेन्द्र मर्सानीले उक्त कार्यक्रममा बाेल्दै, सनातन हिन्दु धर्ममाथि अहिले विभिन्न कोणबाट आक्रमण हुन थालेको , नदिनालाहरूलाई प्रदुषित बनाउने काम दिनानुदिन बढिरहेका बेला गण्डकी माताको संरक्षण एवं महिमा सम्बर्द्धन हेतु युवा मञ्चले सेतिगण्डकी साप्ताहिक दिव्य महाआरती गरेकोमा खुसी व्यक्त गरेका थिए ।
उनले समाजमा राम्रो सन्देश दिएको र संस्कृत युवा मञ्चलाई यस्तै सामाजिक तथा धार्मिक कार्यमा लाग्न शुभकामना दिँदै त्यस्ता कार्यमा आफ्नो पूर्ण सहयोग र समर्थन रहिरहने बताए ।
कार्यक्रममा वाेल्दै बालयोगेश्वर विजय कृष्णजी महाराजले धर्म , संस्कार , संस्कृति र संस्कृतको संरक्षणका निम्ति संस्कृत युवा मञ्च नेपालले उदाहरणीय काम गरेको र संस्थाले गर्ने यस्ता राम्रा कार्यहरूमा आफ्नो साथ, सहयोग र समर्थन रहने कुराको प्रतिबद्धता व्यक्त गरेका थिए । उनले धार्मिक जागरणका निम्ति संस्थालाई देशैभरी क्रियाशील गराउनु पर्ने धारणा राखेका थिए ।
संस्थाका सल्लाहकार तथा विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका सह- प्रा. डा. भोलानारायण रेग्मी, पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी, नन्दराम गिरी , संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद सिग्देल , निवर्तमान अध्यक्ष रामकृष्ण अर्याल , शान्तिवन बाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलले आफ्नो भनाई राखेका थिए।
कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकाे र सर्वसम्मत पासभएकाे संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी गराए ।
मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षतामा
सम्पन्न कार्यक्रम मञ्चका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत तथा सचिव दिवाकर पौडेलले संचालन गरेका थिए