पुष ८, पोखरा ।
सुशिल पोखरेलको झम्केसाँझ सामाजिक सञ्जालमार्फत बजारमा आएको छ ।
पोखरेलको आफ्नै युट्युव च्यानल Sushil Pokhrel बाट केही दिन अगाडिबाट सार्वजनिक गरेका हुन् ।
सुशील पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको उक्त गीतको शब्द तथा लय पोखरेलको आफ्नै रहेको छ ।
मुखियाको घरमा रोधी गाएको परिवेशलाई जोडेर तयार गरिएको उक्त गीतमा माया र प्रेमलाई जोडेर बनाइएको छ ।
उक्त गीतको शब्द संयोजन विनोद बाजुराली, रेकर्डिस्टमा बिनोद रसाइली, गोविन्द पराजुली र सागर बाजुराली रहेका छन् भने मालाश्री र क्रेजी स्टुडियोले रेकर्डिङ गरेको गीतको मिश्रण खड्का बाजुरालीले गरेका छन् ।
त्यसैगरी अनुप अधिकारीको निर्देशन, सिद्धार्थ गौतमको सहायक निर्देशन, दिपेश केसीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, बिनिता गुरुङको मुआ, उज्वलराज ढकालको प्रोडक्सन डिजाइन र क्रेजी फ्लिमले प्रोडक्शन गरेको हो ।
उक्त गीतमा प्रकाश पोखरेल, सरिता डंकुटी, रक्षा पौडेल पोखरेल, सुजाता लामिछाने, दिपक पौडेल, नवराज पोखरेल, सागर पोखरेल, राजन पोखेल, गीता पोखरेल, दुर्गा पोखरेल, रविन ढकाल र सन्तोष पौडेलले अभिनय गरेका छन् ।
पोखरेलको यसअघि छोडी गयो मायाले र हाम्रा घैटा भरम गीत बजारमा आइसकेको छ । उनि पञ्जेवाजामा गीत गाउँदा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।