मंसीर २०, पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै निर्वाचित भएको छ ।
अध्यक्षमा रमेश पौडेल बिजयी ४ सय १ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गोविन्द पौडेलले १ सय ७८ मत प्राप्त गरेका थिए । उनि एकीकृत समाजवादी निकट प्रेस संगठनले सहयोग गरेको थियो ।
त्यसैगरी पदाधिकारीमा प्रकाश पौडेल ४ सय २ मत ल्याउँदै उपाध्यक्ष विजयी भए । उनका प्रतिस्पर्धी यदुनाथ बन्जाराले १ सय ६४ मत पाए । उपाध्यक्ष (महिला) मा कमला खत्री केसीलाई पराजित गर्दै मायाकुमारी अधिकारी निर्वाचित भइन् । दीपक परियारलाई १ सय १६ मतले पराजित गर्दै जमुनावर्षा शर्मा महासचिव निर्वाचित भइन् ।

समावेशी सचिवमा रोशनी गुरुङ, खुला सचिवमा भविश्वर पाण्डे र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । रोशनीले ४ सय १८ र उनकी प्रतिस्पर्धीले १ सय ४५ पाए । खुला सचिव बनेका पाण्डेले ३ सय ७८ र ताराप्रसाद शर्माले १ सय ७१ मत प्राप्त गरे । कोषाध्यक्षमा रमेशले ३ सय ५२ र सागरराज तिमिल्सिनाले २ सय ७ मत पाए ।
सदस्यहरुमा पनि युनियनको प्यानल नै निर्वाचित भएका छन् ।

सदस्यहरुको मत यस प्रकार रहेको छः