पोखरा, २९ कात्तिक । नेपाली काँग्रेस गण्डकी प्रदेशमा सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका थिए ।
प्रजातन्त्र सेनानी संघ, लम्जुुङको दोस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रको गौरव प्रजातन्त्र भएको जिकिर गरे ।
प्रजातन्त्रको स्थापनामा लमजुङ मेरुदण्डको रुपमा रहेको बताउँदै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शलाई आत्मसात गर्दै स्थापित नेपाली काग्रेस यही आदर्शमा अविचलित भई अघि बढेमा पार्टी कोही कसैसँग झुक्नु नपर्ने बताए ।
पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकता पहिले आँफू स्वयम् सुधारिनुुपर्ने बताउँदै सभापति शर्माले अरुलाई दोषारोपण गर्नुुपूर्व आँफूूबाटै सुधार गर्ने प्रयास गर्नुु आवश्यक भएको धारणा राखे ।
त्यसैगरी सभापति शर्माले कालिगण्डकी डाइभर्सन बीच कुनै छलफलको विषय नै नहुने बताउनुभयो । प्रकृति जे दिएको छ त्यसैअनुसार चल्ने हो, प्रकृतिलाई चलाउने हाम्रो कुनै अधिकार नहुने बताए ।
नेपाली कांग्रेसका पूर्व संघीय सांसद रामचन्द्र पोखरेलले प्रजातन्त्र सेनानीहरुले विशेष योगदान पु¥याएको जिल्ला लमजुङ रहेको बताउँदै प्रशंसा व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस लम्जुुङका सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश बलियो बन्नुुपर्ने धारणा राखे । संघले प्रदेशमा संघीयतालाई मजवुद बनाउने तबरबाट संघबाट आर्थिक विनियोजन गर्नुुपर्ने आवश्यकता औंल्याए ।
सहकारीहरूमा समस्या आउँदा त्यसले समग्र राष्ट्रलाई नै प्रभावित पार्ने बताउँदै उनले सहकारीको रकम अपचलनमा लाग्ने जो कोहीलाई अनुसन्धानको दायरामा ल्याउनुुपर्ने आवश्यकता रहेको जानकारी गराए ।
नेपाली काँग्रेस लम्जुुङका पूर्व सभापति एवम् प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पार्टी भित्र जो कोही भ्रष्ट छ भने त्यसलाई कानुन अनुुरुप कारवाही गर्नुुपर्नेमा जोड दिए ।
कार्यक्रमकै अवसरमा प्रजातन्त्र स्थापनाको संघर्षमा योगदान पुु¥याएका ऋषिराम बराल, हरिकान्त खनाल, नविन बानिया र भरतकुुमार श्रेष्ठलाई प्रदेश सभापति शर्मा लगायतले सम्मान गरेका थिए ।
प्रजातन्त्र सेनानी संघ लम्जुुङका सभापति शुुभनाथ मिश्रको अध्यक्षता एवम् सचिव कृष्णप्रसाद लामिछानेले सञ्चालन भएको कार्यक्रममा उपसभापति दामोदर अधिकारीले स्वागत गरेका थिए ।
उक्त अवसरमा नेपाल भुपुु संघका सभापति कमल अधिकारी, गण्डकी प्रदेश सदस्य पार्वती तामाङ, समाजसेवी मित्रराज घिमिरे, केन्द्रिय प्रतिनिधि समुन्द्र गोदार, नेपाली काँग्रेस जिल्ला सचिव कृष्णबहादुर अधिकारी, उपसभापति आनन्द घिमिरे, गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बराल, पूर्व मन्त्री डोबाटे विश्वकर्मा, तनहुु जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, लम्जुुङका पूर्व सभापति कृष्णप्रसाद कोइराला, पूर्व सभापति तुलसी नारायण श्रेष्ठ, शंकरकान्त जोशी, पूर्व स्वास्थ्य राज्य मन्त्री डा.रामचन्द्र अधिकारी, पूर्व सांसद रामचन्द्र पोखरेल लगायतले बोलेका थिए ।