असोज १७, पर्वत ।
डहरेदउराली जाने पैदल मार्ग बुधबार थापाठाना फुटवल क्लव (टिएफसी)ले सरसफाई गरेका छन् ।
वर्खाको समयमा उम्रेका झाडीले गर्दा पैदल हिड्न समस्या भइपछि क्लबको अगुवाईमा युवाहरुले सरसफाई गरेका हुन् ।
चाडवाडको अवसरमा गण्डकी प्रदेशकै पर्यटकीय स्थल डहरेदेउरालीमा पैदलमार्गीहरुको अत्याधिक चाप बढ्ने गर्दछ । केही समय अगाडि योगी प्रकट आनन्दले करिब १ सय फिट भन्दा अग्लो भगवान भैरवको अर्धकद फेला पारेका थिए ।
मंगलबार सामाजिक सञ्जालमा सरसफाइको लागि क्लबको पेजबाट सुचना प्रकाशन गरेपछि युवाहरु निःशुल्क सरसफाई अभियानमा जुटेको क्लबका व्यवस्थापक निरज थापाले बताए ।
व्यवस्थापक थापाका अनुसार ‘वडा दसैंको पावन अबसरमा धार्मिक तथा पर्यटकीय स्थल डहरे देउराली जाने पैदल मार्ग सरसफाई प्रथम चरणको सुरुवात भएको छ । अब बाँकी काम पनि चाडैनै सम्पन्न हुनेछ,’ ।
खेल क्षेत्रमा मात्र नभई युवाहरूलाई सामाजिक कार्यमा पनि सक्रिय बनाउने अभिप्राय सहित नयाँ पुस्ताहरूलाई मार्गदर्शन र सिर्जनात्मक कार्यमा सक्रिय बनाउन क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आइरको थापाले बताए ।
त्यसैगरी क्लवका अध्यक्ष आशिष श्रेष्ठले थापाठानामा खेल मैदानको अभाव भएपछि करिब ३ वर्ष अगाडिदेखि लोझेनी गैह्रा खेल मैदानलाई आफ्नो गृहमैदानको रुपमा निर्माण कार्य गर्दै आइरहेको बताए । अध्यक्ष श्रेष्ठका अनुसार आवश्यक पूर्वाधार निर्माणको लागि करिब ५० लाख आवश्यक रहेको र पूर्ण पूर्वाधार पश्चात करिब १ हजार दर्शक क्षमता सहित सेभेन ए साइड फुटवल, भलिबल र वास्केटबल प्रतियोगिता सञ्चालनमा कुनै समस्या नहने जानकारी गराए ।
फलेवास नगरपालिका र गण्डकी प्रदेशको सहयोगमा सुरु भएको खेल मैदान निर्माणकार्य प्रक्रियाका रहेको छ ।