असोज ११, पोखरा ।
नेपाली कांग्रेसकी नेतृ तथा समाजसेवी सीता शर्माले सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेकी छन् ।
पोखरा ५, प्रस्याङ निवासी शर्माले विभिन्न सामुदायिक विद्यालयमा नै पुगी उनले कुल ३ थान कम्प्युटर सेट सहयोग गरेकी छन्् । तनहुँको चिसाघाटमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालय, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री जनजागरण प्रा.बि., पोखरा वडा नम्बर १९ मा रहेको श्री विन्ध्येश्वरी माध्यमिक विद्यालयलाई १÷१ थान कम्प्युटर सेट सहयोग गरेकी हुन् ।
नेतृ तथा समाजसेवी शर्माले अन्य केही सामुदायिक विद्यालयमा पनि कम्प्युटर आवश्यक भएको जानकारी आएकोले छिट्टै सहयोग गर्ने जानकारी गराएकी थिइन् । ‘कम्प्युटरको माध्यमबाट विद्यालयका डकुमेण्टहरु सुरक्षित राख्नुका साथै पुराना अभिलेखहरु खोज्नको लागि छिटो छरितो हुने, सुचना सञ्चारहरुबारे जानकारी पाइने, ई पुस्तकहरु खोजेर पढ्न पाइने भएको हुँदा विद्यालयलाई अति आवश्यक ठानेर सहयोग गरेकी हुँ । सामुदायिक विद्यालयमा पढ्ने अति विपन्न छात्र छात्राहरु यो सानो सहयोगले ठूलो राहत मिल्ने अपेक्षा लिएको छु,’ उनले भनिन् ।
कम्प्युटर हस्तान्तरणमा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा जनप्रतिनिधीको उपस्थिति रहेको थियो ।
शर्मा रातामाटा आमा समुहकी अध्यक्ष हुन् भने कार्कीनेटा सम्पर्क समाजकको निवर्तमान अध्यक्ष र नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको कार्यसमिति सदस्य समेत रहेकी छन् ।