पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्र र एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा आयोजित क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ ।
पोखराको नदीपुरमा यही असोज ९ देखि १३ गते सम्म हुन लागेको प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर गरि लाइभ पाटनरको जिम्मेवारी पोखरा फोरके टेलिभिजनलाई दिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले जानकारी गराए ।
‘टेलिभिजनले गण्डकी प्रदेशका महत्वपूर्ण खेल इभेन्टहरू नछुटाइ प्रत्यक्ष प्रशारण गर्ने गरेकोले यो प्रतियोगिता पनि संसारभरका दर्शकसामु पु¥याउन टेलिभिजनसँग सहकार्य गरेका हौं, उनले भने ।
राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र प्रचारका लागि पनि पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिताको टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण हुनु महत्वपूर्ण रहेको टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले बताए । टेलिभिजनले प्रदेशका महत्वपूर्ण खेल इभेन्टहरू आफ्ना दर्शकसम्म पुर्याउन भरमग्दुर प्रयत्न गरिरहेको क्षेत्रीको भनाई छ ।
‘क्लवस्तरीय प्रतियोगिता भएपनि राष्टिय प्रतियोगिता खेलेका खेलाडीहरू सहभागि हुने भएकोले प्रतियोगिता रोचक हुनेछ, विगतमा जस्तै यो प्रतियोगिताको प्रत्यक्ष प्रशारणलाई पनि दर्शकहरुले साथ दिनुहुनेछ,’ क्षेत्रीले भने ।
असोज ९ गते देखि १३ गतेसम्म पोखराको नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगितामा महिलातर्फ १० टोली र पुरूषतर्फ ८ टोलीले सहभागिता जनाएको प्रतियोगिताका संरक्षक सञ्चालक पदम श्रेष्ठले बताए ।
प्रतियोगितास्थलसम्म पुग्न नभ्याउने तर भलिबल हेर्न रूचाउने दर्शकहरूका लागि प्रत्यक्ष प्रशारण प्रभावकारी हुने टेलिभिजनका कार्यक्रम प्रमुख अमृतकुमार भट्टराईले जनाए ।
प्रतियोगितामा विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी महिलातर्फ विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गरि टिम बनाइएकोले प्रतियोगिता रोचक हुने प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी गराएका थिए ।
अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए ।