असार २६, पर्वत ।
फलेवास नगरपालिका वडा नं. २ थापाठानाका युवाहरुले बाढी र पहिरोका कारण मोटरबाटो अबरुद्ध भएपछि आफ्नै खर्चमा बाटो खुलाएका छन् ।
विगत केही दिन देखि अविरल बर्षाका कारण बाढी र पैह्रो आउँदा थापाठाना भिडाबारी फेदी सिम्खेत हुँदै कुस्मा जाने सडक अबरुद्ध भएको थियो ।
स्थानीय युवाहरुको एक समूहले करिब ३१ हजार रुपैयाँ संकलन र स्थानीयहरुले निःशुल्क श्रमदान गरी अबरुद्ध सडक खुलाएका हुन् ।
जसमा, रमेश श्रेष्ठले ६ हजार, सुनिल थापा क्षेत्री (वगाले थापा ट्राभल्स) ले ६ हजार, कमल के.सी. (किस्मत कामना ट्राभल्स)ले ६ हजार, दिवाकर थापाले ४ हजार, विष्णु सुवेदी (ग्रिनपिस बोर्डिङ स्कुल)ले ३ हजार, सुनिल काफ्लेले ३ हजार, निरज जैशी थापाले ३ हजार रकम सहयोग गरेका थिए ।