असार २२, पर्वत ।
फलेवास नगरपालिका वडा नं. १, कार्कीनेटा टिमुरबोटमा पहिरो जाँदा २ जना वेपत्ता भएका थिए ।
उनिहरु दुवैजनाको मृत अवस्थामा शरिर भेटिएको स्थानिय भोला पौड्यालले जानकारी गराए । पौड्यालका अनुसार फलेवास नगरपालिका वडा नं १ निवासी वर्ष ४० का झलक पौडेलको मृत शरीर आँधीखोला गाउँपालिका वडा न ४ सेपथमा र अर्को आँधीखोला गाउपालिका ३ घोरढुङ्गा निवासी वर्ष ३३ का तुल्सीराम पौडेलको मृत शरीर पहिरोको पुछारमा भेटीएको छ ।
हिजो राति देखिको निरन्तर वर्षाको कारण आज करिब २ः३० बजे फलेवास नगरपालिका वडा नं १ कार्कीनेटा टिमुरबोट पन्थे स्थित पहिरोले गोठ बगाउँदा २ जना सहित २ भैंसी १ गोरु र ४ बाख्रा समेत बेपत्ता भएका थिए ।
नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा खोजी कार्य गरिएकोे फलेवास नगरपालिका वडा नं. १ का अध्यक्ष चोलाकान्त पाध्याले जानकारी गराए । पहिरो गएको स्थानमा २ घर परिवार बस्दै आएको र अन्य परिवारलाई सुरक्षित स्थानमा राखिएको अध्यक्ष पाध्याले बताए ।