असार १२, पोखरा ।

पोखरा महानगरपालिका अगाडि रहेको अनुपम मार्गमा अविरल बर्षाका कारण आज जमिन भास्सिएको छ ।
पोखरा अनुपम मार्ग, न्यूरोडमा रहेको एक घरको बाहिर भागमा विहान करिब ६ः३० बजे जमिन भास्सिएर भ्वाङ परेको हो । घरमा भने कुनै क्षति नभएको स्थानीयले जानकारी गराए ।
मंगलबार राती करिब ११ः३० बजेबाट मेघ गर्जन सहित अविरल वर्षा भइरहेको छ ।
आज विहान ८ः४५ बजेसम्म पोखरा आसपासको क्षेत्रलाई हेर्दा पछिल्लो २४ घण्टामा १४० मिलिमिटर भारी वर्षा भएको छ भने आगामी ३ दिनसम्म गण्डकी प्रदेशभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।