पोखरा, २७ माघ । पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गरे ।
कार्यक्रममा कुलपति विखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सकृय रहेको बताए ।
अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उहाँले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताए ।
विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिइएको बताएका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् विद्याश्रमका पूर्व नृत्य शिक्षक गोरे गुरुङले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिनुुपर्ने बताउँदै यस क्षेत्रको शैक्षिक विकासमा विद्याश्रमले विशिष्ट योगदान पुु¥याएका जानकारी गराए ।
अभिभावक सरस्वती श्रेष्ठले विद्यालयमा पठाएर मात्र कर्तव्य पूरा नहुँने बताउँदै आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले समय दिनुुपर्नेमा जोड दिए ।
उक्त अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए भने शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरूलाई प्राचार्य मिलन केसी, संस्थापक क्या.मदन केसी, सहायक प्राचार्य नारायण बराल लगायले पुरस्कृत गरेका थिए ।
प्राचार्य मिलन केसीको सभापत्विमा सम्पन्न कार्यक्रम गुरुकुुल विद्याश्रम तथा गुरुकुल कलेज अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप प्रमुख रामप्रसाद ढकालले सञ्चालन गर्नुका साथै सल्लाहकार निलिसा ठकुुरी केसीले धन्यवाद सहित समापन गरेकी थिइन ।