पोखरा ।
पोखरा महानगरपालिका १७ विरौटा सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जीवन अमूल्य छ बाचौं र बचाउू भन्ने नाराका साथ सुशान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
शनिवार भएको कार्यक्रमको प्रदेश नं ३ ख का सांसद प्रकाश बरालले पानसमा बत्ती बालेर साथै क्लबका अध्यक्ष टिकाराम पौडेलले ब्लड ब्याग हस्तन्तर गरेसँगै पहिलो रक्तदाता भयर संसद बरालले कार्यक्रमको उद्घाटन गरेका हुन भने कार्यक्रमको विशेष अतिथिमा सुशान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाट र प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के सीको उपस्थितिमा भएको कार्यक्रमको स्वागत मन्तब्य क्लबका सदस्य शिला सिग्देलले गरेकी थिइन् ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष टिकाराम पौडेलले जानकारी गराए। कार्यक्रममा सांसद बराललाई क्लवको विधानअनुसार मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष पौडेलले बताएका छन् ।

कार्यक्रममा अध्यक्ष पौडेलद्वारा वार्षिक प्रतिवेदन सहित भावी कार्य योजना प्रस्तुत गरिएको थियो । सुशान्त क्लवले प्रत्येक महिनाको पहिलो शनिवार टोल सरसफाई, चाडपर्वहरुमा पिङ राख्ने तथा बालबालिका वृद्धवृद्धालाई एकापसमा अनुभव साटासाट गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु गर्दै आईरहेको छ । क्लवले यसका अलावा समाजमा शान्ती र सद्भाव जगाउनका लागि खेलकुदका कार्यक्रम , योग शिविर सञ्चालन, वृद्धवृद्धालाई भ्रमणको आयोजना, देउसी भैलो ,भजनकृतन लगायतका कार्यक्रमहरु गर्दै आईरहेको छ । कार्यक्रममा वडा नं १७ का विभिन्न क्लब, टोल सुधार समिति आमा समूह लगायतको उपस्थिति रहेको थियो ।

क्लवका अध्यक्ष पौडेलका अनुसार क्लवले आगामी दिनहरुमा वडा नं। १७ सु शान्त टोलमामा सुशान्त आरोग्य पार्क निर्माणका लागि पहल गर्ने, माहाशिवरात्रि ,हरितालिका तीज लगायतका चाडहरुमा प्रतियोगात्मक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने, २०८१ सालको भित्तेपात्रो प्रकाशन गर्ने साथै छिमेकी टोलहरुसँगको सहकार्यमा विविध सामाजिक कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ ।
क्लबले यसअघि पनि २०८० वैशाख १६ मा रक्तदान कार्यक्रम गरी ५१ यूनिट रगत संकलन गरेको थियो ।
ठगिन्द्र पराजुली को संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबको सचिव सगुन पौडेलले गरेकी थिइन्। समग्र रुपमा कार्यक्रम उत्साहजन रुपमा सफल भएको र आगामी दिनमा समेत क्लबले विभिन्न कार्यक्रम मा सक्रिय भुमिका खेल्ने क्लबका सल्लाहकार महेश पौडेल ले जानकारी गराए ।