पर्वत : फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा वडा कार्यालयले शुक्रबार अतिक्रमण संरचना हटाउन सम्बन्धीत व्यक्तिलाई लक्षित गरी सुचना प्रकाशित गरेको छ ।
वडा अध्यक्ष चोलाकान्त पाध्याद्वारा हस्ताक्षरित सूचनामा “कार्कीनेटाका पुराना बाटा घाटाहरु हाल निर्वाध रुपमा आवात जावत गर्न नसक्ने अवस्थामा रहेको साथ साथै सार्वजनिक जग्गा ओगटठेर बनाइएका घर, टहराज जस जसले निर्माण गरेका छन् अविलम्बध हटाई अतिक्रमण नगर्न अनुरोध पनि गरिन्छ” भनिएको छ ।
अन्यथा, “नेपाल सरकारको नीति अनुरुप सार्वजनिक जग्गा संरक्षणको लागि नापि तथा मालपोत कार्यालयको सहयोग तथा फलेवास नगरपालिका र वडा कार्यालय स्वयम आफैले गर्न बाध्य हुने” उक्त सूचनामा लेखिएको छ ।
उक्त सुचनामा कति दिनसम्म अतिक्रमण गरी बनेका टहरा हटाउनुपर्ने उल्लेख नभएपनि वडाअध्यक्ष पाध्याले वडाको वैठकबाट निर्णय गरी पहिलो सूचना निकालिएको र चाडो भन्दा चाडो यस प्रक्रियालाई मुर्तरुप दिनेगरी काम गर्ने बताए ।
“अतिक्रमण गरी बनाएका संरचना वडाले हटाएको खण्डमा बनाएको व्यक्तिले सम्पूर्ण खर्च व्यहोनु पर्ने र कानुनअनुसार कारवाहीको भागिदार बन्नुपर्ने हुन्छ, बरु उहाँहरु आफैले हटाउनुभएमा कानुनी झण्झटबाट बच्नुहुनेछ, उनले भने ।
त्यसैगरी वडाको सूचनामा सार्वजनिक जग्गामा लगाइएको बाँसघारी, बुट्यान लगाएको भएमा तत्काल हटाउन र नहटाएमा अरु कसैले काटी लगेको खण्डमा समेत कुनै कारवाही नहुने व्यहोरा उल्लेख गरिएको छ ।