पर्वत ः  पर्वत भँगरा पोखरा सम्पर्क समाजले फलेवास नगरपालिका वडा नं. ९ भँगारामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
मणिपाल शिक्षण अस्पताल पोखराको प्राबिधिक सहयोगमा भएको उक्त शिविर ग्रमोदय मा.बि.भंगराको प्राङ्गणमा भएको हो ।
शिविरमा ३५० जना भन्दा वढी व्यक्तिले स्वास्थ्य परिक्षण गरेका थिए । विरामीहरुको अवस्था हेरी निःशुल्क औषधि प्रदान गरिएको सम्पर्क समाजका अध्यक्ष खड्क बहादुर पौडेलले जानकारी गराए । अध्यक्ष पौडेलका अनुसार निःशुल्क स्वास्थ्य शिविर दोस्रो पटक भएको बताए । निःशुल्क स्वास्थ्य शिविरले गाउँबाट शहर गई उपचार गर्न कठिन भएका विरामीहरुलाई विशेष राहत पुग्ने र थाहा नभएका रोगको पहिचान हुने भएकोले पुनः माग अनुसार शिविर सञ्चालनमा ल्याएको उनले भने ।
शिविरमा जनरल फिजिशियन, नाक कान घाटि, छाला, पेट र दिर्घ रोगहरु सम्बन्धि उपचार गरिएको थियो । मनिपाल शिक्षण अस्पतालका दक्ष डाक्टर तथा प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा परिक्षण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, निबर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, गणेश क्षेत्रि, फलेवास नगरपालिका वडा नं.६ का वडा अध्यक्ष नबिन श्रेष्ठ र स्वास्थ्य शिबिर प्रमुख डाक्टर कृष्ण मुरारी अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रिले स्वागत मन्तब्य र सचिव अग्नि भुसालले कार्यक्रम संचालन गरेका थिए ।