लायन्स क्लब अफ पोखरा बृन्दाबनको आयोजनामा पोखरा वार्ड नम्बर २४ को परिसर र वरपर सरसफाइ गर्दै फुल बिरुवा रोप्ने काम सम्पन्न भयो।उक्त कार्यक्रममा प्रमुख अथिति वार्ड अध्यक्ष भरत बहादुर अधिकारी , विशेष अथिति लायन कल्पना थापा, अथिति जनप्रतिनिधिहरु रेशम सुबेदि, सरस्वती त्रीपाठी, मैया नेपाली, वार्ड सचीव इन्द्र बहादुर जि सी, चार्टर पृसिडेन्ट प्रताप बहादुर कार्की र क्लबका अध्यक्ष अग्निधर त्रीपाठी ले एक एक फुलका बिरुवा रोप्नु भयो । कार्यक्रममा नयाँ सदस्यहरु शालिकराम गौतम र बुद्धि बहादुर बस्नेतलाइ क्लबको जिम्मेवारी, क्लबको पिन,कलम, प्रदान गरियो । चार्टर अध्यक्ष प्रताप बहादुर कार्की र सचीव कृष्ण प्रसाद त्रीपाठीलाई रिजन अध्यक्षबाट अन्तर्राष्ट्रिय पिन प्रदान गरि सम्मान गरिएको थियो।प्रमुख अथिती भरत बहादुर अधिकारीले बिगतको स्वास्थ सिबिर मा वार्ड्ले सहयोग गरेको र आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रबासि संघ कतारका अध्यक्ष प्रभास त्रीपाठीको प्रत्यक्ष सहयोग रहेको उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्ष्यता अग्निधर त्रीपाठीले, स्वागत प्रथम उपाध्यक्ष खिमनाथ शर्मा तिमिल्सिनाले, कार्यक्रम को संचालन सचीव कृष्ण प्रसाद त्रीपाठीले गर्नु भएको थियो। उक्त कार्याक्रमको जानकारी पत्रकार गौरव त्रीपाठीले गराउनु भयो।