प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस एकाइ समिति डिपान) को आयोजनामा शुक्रबार अनुसन्धान गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा डा.लेखनाथ खनालले अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशनका प्रक्रिया, यसमा आइपर्ने चुनौती र समाधानका उपायका बारेमा आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा डा.खनालले अनुसन्धान निरन्तर रूपमा गरिने ज्ञानको खोजी भएकाले यस कार्यमा सूक्ष्म दृष्टिका साथ विज्ञले दिएका सुझावलाई सम्बोधन गरेर अगाडि बढेमा मात्र लक्ष्यमा पुग्न सकिने बताए ।
कार्यक्रममा प्रा.डा.हरिप्रसाद पाठक, सहप्राध्यापक कमलराज सापकोटा, डा.ईश्वरमणि अधिकारी, डा.जीवन रेग्मी, बद्रिप्रसाद पगेनीलगायतले अनुसन्धानका विविध विषयमा विभिन्न जिज्ञासा राखेका थिए ।
यस अवसरमा भर्खरै प्राध्यापक पदमा पदोन्नति भएका डा.जगन्नाथ रेग्मी र विद्यावारिधि गरेका डा.लेखनाथ खनाल, डा.जीवन रेग्मी तथा डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको थियोे ।
एकाइ समितिका अध्यक्ष डा.देवीलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्णप्रसाद त्रिपाठीले गरेका थिए ।