दोहा :एनआरएनए कतारको महासचिवमा फलेवास नगरपालिका वडा नं. २ थापाठाना, पर्वतका दिल कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
एनआरएनए एनसीसी कतारको २०२३/०२५ कार्यकालका लागि एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेद्बारी आवेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ ।
लामो समय देखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेष्ठ कतारमा रहेका बिभिन्न सामाजिक सस्थाहरुमा आवद्द स्वच्छ छबि भएका सहि सुचना सम्प्रेषण गर्ने र स्पस्ट बक्ताका रुपमा चिनिन्छन ।
हाल उनि नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष हुन् भने पर्वत समाज कतारका सस्थापक महासचिब तथा बर्तमान सल्लहाकार समेत हुन् । एन आर एन ए कतार संग लामो समय सुचना तथा प्रचारप्रसार उपसमितिमा समेत काम गरेका श्रेष्ठ २०१७–२०१९ को कार्यकालमा पनि सचिव पदमा उम्मेद्वारी दिएका थिए ।
हरेक कार्यकालमा एन सी सी लाई ठाडो प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै महासचिवको उमेदवार बनेपछि दोहामा रहेका जानकारहरुले उनि नेतृत्वमा पुगे धेरै अनूत्तरित प्रश्नको उत्तर आउने आशा गरेका छन् ।
श्रेष्ठले आफुले अन्तिम समयमा आएर दिएको उम्मेद्बारी भए पनि आफ्नो उम्मेद्बारी कुनै बिचार, बर्ग, जातजाति, धर्मसंस्कार गुट उपगुठ समुहबाट नभई समाजका उठेका सवालमा जवाफदेहिता नहुनुको परिणाम रहेको बताएका छन् । आफूलाई महासचिव पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् ।