पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रा.लिको आयोजना तथा बुहारी सशक्तीकरण समाज कास्कीको सह आयोजनामा मुख स्वास्थ्य सम्बन्धि जनचेतना तथा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । शिविरमा ३५ जना सेवाग्राहीले दाँतको निशुल्क परीक्षण गरेका छन् भने जटिल समस्या भएका बिरामीहरूलाई थप उपचारको लागि बोलाइएको प्रालिका सञ्चालक सीता श्रेष्ठले बताइन् । उनले पछिल्लो समय जनचेतनाको अभावले मुख स्वास्थ्य समस्या जटिल बन्दै गएको र खर्चिलो पनि भएकाले समयमै चिकित्सकलाई भेटी जानकारी लिन अनुरोध गरिन ।
समाजमा र परिवारको स्वास्थ्यमा प्रत्येक्ष संलग्नता हुने भएकोले आगामी दिनमा पनि विशेषगरी बुहारी समाजसँग मुख स्वास्थ्यका कार्यक्रममा सहकार्य गर्ने श्रेष्ठले प्रतिवद्धता व्यक्त गरिन् ।
बुहारी सशक्तीकरण समाज कास्कीका अध्यक्ष निर्मला के. सी. ले “व्यस्त समयको कारण महिला र केटाकेटीमा दाँत सम्बन्धी समस्या बढिरहेको अवस्थामा समाजका सदस्यहरूका निम्ति गरिएको सो कार्यक्रमप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा दन्त चिकित्सक दशमी गुरुङले मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए ।